नगरपालिकाले ध्यान पु-याउन नसकेका कुराहरु



अहिले मुलुकमा नयाँ–नयाँ मेयरहरु आएका छन् । आशा गरौं यिनीहरुबाट राम्रा–राम्रा कार्य हुँदै जाऊन् । तर यसका लागि ठूलो सोच र ठूलो मन हुनु जरुरी छ । साथै मेयरहरुलाई समाज एवं सरकारको सहयोगको पनि सख्त खाँचो छ । अनि मात्र मुलुकको राजधानी काठामाडौंलगायतका शहरहरुको मुहार फेरिनेछ । त्यसैले यहाँ केही ध्यान पु¥याउनुपर्ने कुराहरु उल्लेख गरेको छु ।

१. देशको ठूलो समस्या भनेको नै फोहोरको समस्या हो । यसका लागि सम्बन्धित निकायले केही सूत्रहरु अपनाउनु जरुरी छ । सर्वप्रथम बलियो टिमवर्क हुनु, दोस्रो विदेशीबाट पाठ सिक्नु, तेस्रो निरन्तर कडिकडाउ गरिनु पर्छ । यी विधिहरुलाई हामीले अपनाउन सक्यौं भने संसारमा असम्भव भन्ने कुनै कुरा छैन ।

२. महानगरपालिकाले धेरै ठाउँमा नियम विपरीतका स्थानहरु ध्वस्त त ग¥यो, अब यी ठाउँहरुमा के गर्ने त ? यो सोचनीय कुरा छ ।

३. ५०–६० लाख जनसंख्या भएको राजधानीमा व्यवस्थित फ्री पार्कहरु कडिकडाउका साथ निर्माण हुनु जरुरी छ । तर यसतर्फ न सरकारको, न नगरपालिकाको नै ध्यान गएको देखिएको छ । के समाजलाई सस्तो मनोरञ्जन भनेको नै चाहिँदैन, सधैँ समाज उकुसमुकुस भएर नै बस्ने ? कुन दुनियाँमा छन् यहाँका सरकार तथा निकाय ?

४. अहिलेको परिप्रेक्ष्यमा राजधानीमा तरकारी पसल तथा फुटपाथ पसलको समस्या सबैको कपाल दुखाइको विषय बनेको छ । हामीले कैयौंपल्ट सरकार तथा महानगरलालिकालाई सुझाव दिइसक्यौं कि यिनीहरुलाई शुल्क लिएर खुला मञ्चमा बिहान एक समय बस्न दिऊँ । यसपछि दिउँसो मोटर रमोटर साइकललाई पार्किङ गर्नका लागि नियम बनाऔं । तर थाहा छैन, यसप्रति न सरकार, न नगरपालिकाले वास्ता गरेको छ । आखिर यसप्रति किन यिनीहरुको ध्यान नगएको होला ? अच्चम छ, सधैँ समस्या बोकेर बस्नु राम्रो कि मन र सोचलाई ठूलो गरी समस्याको हल गर्नु राम्रो कुरा हो । एकपल्ट सबैले ठण्डा दिमागले सोचौं । अहिले यस सिलसिलामा कुरा गर्दा टुँडिखेलमा माटो थुप्रिएर पहाड बनेको छ, यसको पनि समाधान गर्नु जरुरी छ ।

५. अहिले राजधानीको ठूलो समस्या सार्वजनिक शौचालय पनि हो । त्यसकारणसमाजको सहुलियतको लागि थप नयाँ–नयाँ सार्वजनिक शौचालय निर्माण गर्नुपर्छ । यदि नगरपालिकाले यति गर्न सक्दैन भने सुगन्धित घुम्ती शौचालयहरु बढाउन जरुरी छ । जनतासँग करमात्र थुतिराख्ने निकायले यति काम समाजको लागि गर्नै पर्छ ।

६. एकपल्ट पहिला पनि भनिसकें, भृकुटीमण्डपमा पहिलाको जस्तो रमाइलो मेलालाई निरन्तर गर्नु आवश्यक छ । तर यो ठाउँ अहिले व्यापारिक कमाउ धन्दा स्थल बनेको छ, थाहा छैन हाम्रा सरकारहरुलाई तथा निकायहरुलाई जनतालाई सहुलियतभन्दा कति कमाउ धन्दा चाहिएको होला ?

७. अहिले राजधानीका सडकहरुमा प्रायः अझै सडकहरु बिग्रेर खाल्डाखुल्डी भएका छन् । यसै गरी पेटीहरु, बारहरु तथा आकाशे पुलहरुको पनि बेहाल छ । यस्ता सानातिना कुराहरुमा पनि नगरपालिकाले ध्यान पु¥याउन जरुरी छ ।

८. राजधानीको प्रायः पार्कहरु रानीपोखरी, शहीद पार्क, भूगोलपार्क आदि पार्कहरु प्रायः बन्द भइराखेको देखिन्छ । आखिर कर लिने निकायहरुको सोच सानो किन ? बुझ्न सकिएन । अहिले देश तथा राजधानीको समस्या हेर्दा चित्त नबुझेका कुराहरु धेरै छन् तर पनि यसमा महानगरपालिकाबाहेक अरु निकायहरु पनि आफ्नो दायित्वबाट पन्छिराखेका छन् । के यस्ता समस्याका समाधानहरु यो मुलुकमा कहिल्यै हुँदैन ? नगरपालिकालाई मात्र दोष दिएर के गर्ने ? यिनीहरुलाई सरकार, समाज र अरु निकायहरुले पनि त साथ दिनुप-यो नि ! सबै सानो सोच, स्वार्थी सोच लिएर बस्ने अनि अरुलाई मात्र दोष दिएर यो मुलुक बन्छ त ? कहिल्यै बन्दैन । त्यसकारण यी सबका लागि एकपल्ट सबै पक्ष परिवर्तन हुनै पर्छ । अब चुनावपछि राम्रा–राम्रा देश चलाउनेहरु आउन जरुरी छ ।

९. आशा गरौं, हाम्रो देश तथा राजधानीको भविष्य राम्रो होस् । समग्रमा भन्नुपर्दा देश चलाउनेहरुको ज्ञान, सोच, कठोर निर्णय तथा इमानदारले नै देश राम्रो हुने हो । एउटा दुःख लाग्दो र विडम्बना भनेकै राजनीतिक क्षेत्रमा मानिसहरु हलवाई पसलमा माहुरी भन्किएझैँ झुमिराख्नु नै हाम्रो दुर्भाग्य हो । थाहा छैन, यस्ताहरुको सोच कसरी परिवर्तन गर्ने हो ? शायद यसलाई ठीक गर्ने पनि समयले नै होला ।

१०. मानिसले समाजका लागि राम्रो काम गर्न पाउनु प्रकृति वा भगवान्को प्रसाद अथवा आशिर्वाद मान्न सकिन्छ । त्यसैले राम्रो कामका लागि प्रयास गरिरहनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्