चितवनमा उमेश श्रेष्ठको गाडी तोडफोड

0
Shares

चितवन।

चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार  एवं राज्यमन्त्री उमेश श्रेष्ठको गाडी भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बुधबार बिहान ११ बजेतिर तोडफोड गरेको हो ।

श्रेष्ठ भरतपुर महानगरको वडा नं. १० मा चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।