मधुमेहका राेगमा दुई प्रकारको औषधि निःशुल्क

0
Shares

काठमाडौ‌ं ।

मधुमेहविरुद्धको औषधि स्थानीय तहका जनताका लागि लक्षित गरि सरकारले दुई वटा औषधि निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि आम नागरिकले कत्तिको जानकारी होला ?  सरकारले भने यी औषधिहरू आधारभूत स्वास्थ्य चौकी स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पतालमा निःशुल्क उपलब्ध गराएको मधुमेह दिवसका अवसरमा सार्वजनिक गर्दै आएको छ ।

मधुमेहका आवश्यक पर्ने ‘ग्लिेमेपिराइड’ र ‘मेटफर्मिन’ औषधि स्थानीय तहसम्म उपलब्ध भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा फडिन्द्रप्रसाद बरालले दिवसका अवसरमा आयोजित एक कार्यक्रममा जानकारी गराउनुभयो ।

सरकारले यसका साथै नसर्ने रोग विरुद्धको दीर्घ रोगीका लागि लक्षित गरी ९८ प्रकारका औषधिहरू आधारभूत तहका स्वास्थ्य संस्थाबाट नै निःशुल्क उपलब्ध गराएको जानकारी गराइयो । डा बरालले मधुमेहको उपचारमा २० औँ प्रकारका औषधि प्रयोग हुने भएपनि (टाइप २ डायविटिज)मा प्रयोग हुने यी दुई औषधिले आम सर्वसाधारणको स्वास्थ्यमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

स्थानीय तहले वितरण गर्ने यी औषधिहरू खरिदका लागि संघीय सरकारले गत वर्ष प्रत्येक प्रदेशका लागि एक एक करोडको दरले सहयोग गरेको थियो । तर यस पटक बजेट प्रत्येक प्रदेशमा २० लाख रुपैयाँका दरले पठाइएको र अपुग भए स्थानीय सरकार स्वयमले बजेट व्यवस्था गर्न सक्ने डा.बरालले जानकारी गराउनुभयो ।