नायब सुब्बा ३० हजार घुससहित नियन्त्रणमा

0
Shares

काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्धनगरमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई ३० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगार कसुरको मिलापत्र पश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग लिएको ३० हजार घुससहित उनलाई आयोगले नियन्त्रणमा लिएको हो ।

आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले प्रेस विज्ञप्तिमार्फत सुब्बा पाण्डेलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनले सेवाग्राहीबाट घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिई गएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार रुपियाँ लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।