काठमाडौं महानगरले हटायो २७५ वटा साइनबोर्ड



काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई सय ७५ वटा साइनबोर्ड हटाएको छ । उक्त महानगरपालिकाले अनुमति नलिई अर्थात् मापदण्ड विपरीत ठाउँठाउँमा टाँस गरिएका साइनबोर्ड हटाएको हो ।

हिजो (सोमबार)बाट हटाउन सुरू गरेको महानगरपालिकाले पहिलो दिनमै दुई सय ७५ वटा बोर्ड हटाएको छ । महानगरले काठमाडौंका चार क्षेत्रबाट यी बोर्ड हटाएको हो ।

गौशालाबाट ९४ वटा, कालिमाटीबाट ५३ वटा, महाराजगञ्ज चोकबाट ८० वटा र मध्यक्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाकाले बताए ।

प्रतिक्रिया दिनुहोस्