कलाकार उम्मेदवार

14
Shares

जनाधार फराकिलो भएको छ : कोमल वली

गायिका तथा सञ्चारकर्मी (प्रतिनिधिसभा उम्मेदवार, दाङ क्षेत्र नं ३)

मेरो उम्मेदवारी मेरै गृहक्षेत्र दाध्र क्षेत्र नं ३ को विकासका लागि हो। यहाँको विकास समृद्धिका लागि आत्मनिर्भरता, शिक्षा, नैतिक शिक्षा, अन्तर्राष्टिझयस्तरमा प्रतिस्पर्धा गर्नसक्ने शिक्षाका साथै ठाउँ बदल्नका लागि पूर्वाधार, सडक, भित्री मार्ग, सिचाइ, मलको व्यवस्था तथा यहाँको प्रादेशिक अस्पतालमा आईसीयूको व्यवस्थादेखि प्रभावकारी रूपमा सेवा प्रदान गर्ने डाक्टर र खानेपानीको व्यवस्था तथा खरका छानालाई टिनको छाना बनाउने, सुकुम्वासीलाई लालपुर्जा दिने, जनता आवास कार्यक्रमअन्र्तगत भूमिहीनलाई घर बनाइदिनेजस्ता कार्यक्रमलाई फोकस गरिरहेको छु।

हामी २०११ सालमा तुलसीपुरको टारीगाउँमा बनेको धावनमार्गको स्तरोन्नति गरेर ठूला प्लेन अवतरण गर्न खालको धावनमार्ग बनाउनेछौँ । यहाँको ३६ वडामध्ये अधिकाशं वडामा घरदैलो कार्यक्रम गरिसकेको छु। घरदैलो कार्यक्रम सकिएका स्थानमा वडा र टोल भेला गरिरहेका छौँ । मैले भेटेको कुनै पनि व्यक्तिले तपाईंले हार्नुहुन्छ, अझै प्रयास गर्नुपर्छ भन्नुभएको छैन।

सबैले तपाईंको जित भइसक्यो भन्नुभएको छ। त्यसैले, पनि फराकिलो मतले मेरो जित हुन्छ भन्नेमा ढुक्क छु। हाम्रो पार्टी नेकपा (एमाले) को नीति, सिद्धान्त, नेतृत्व र विचारका कारण पनि आफू जित्नेमा ढुक्क छु। अर्को कुरा गठबन्धनको सरकारले जनताको लागि केही काम गर्न नसकेकाले हामीप्रति जनाधार फराकिलो भएको छ।


काभ्रेको नियति
बदल्छु: मनोज पण्डित
फिल्म निर्देशक (प्रतिनिधिसभा उम्मेदवार, काभ्रे क्षेत्र नं २)
मैले काभ्रे क्षेत्र नं २ का लागि स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएको छु।
मेरो उम्मेदवारी भनेको काभ्रेको नियति बदल्नका लागि हो। नियति बदल्नका लागि नीति बदल्नुपर्छ। त्यसपछि मात्र जनताको नियति बदलिन्छ। मेरो उम्मेदवारी भनेको जनताको समस्या समाधाका लागि हो। सत्तामा भएकाहरूले गरेको शक्तिको दुरुपयोग रोक्न र विकासका लागि पहल गर्नका लागि हो।

म प्रतिनिधिसभामा गएर गलत क्रियाकलापहरू रोक्न सक्छु। जनताप्रतिको बेवास्ता, अराजकता र कमिसनतन्त्र रोक्न सक्छु। काभ्रेमा के+के गर्न सकिन्छ भनेर परिकल्पना हुने ठाउँमा गएर स्पष्टरूपमा यहाँका बासिन्दासँग छलफल गरेर के गर्दाचाहिँ एउटा सामान्य मानिस सुखी हुन सक्छ परिकल्पना स्थापित गर्दैछु। काभ्रे गन्तव्य बन्नुपर्छ र यसका लागि राजनीतिज्ञले महङ्कवपूर्ण भूमिका खेल्न सक्छ। अर्को कुरा सरकार र जनताको दूरी लामो भयो। यो दूरी घट्नुपर्छ र राजनीतिज्ञले जवाफदेही भएर काम गर्नुपर्छ।

म त्यो ठाउँमा पुगे भने कमिसनतन्त्र रोक्न र इमानदारीपूर्वक यहाँको विकास गर्न सक्छु। काभ्रेको आफ्नो आइडेन्टिटी निर्मँण गरेर परिचय बनाउने र पहिलेको पनौती सात गाउँलाई रिकन्स्ट्रक्ट गर्ने मेरो योजना छ।मैले यहाँको गाउँगाउँमा घुम्दा जाँदा जनतामा पीडा, रिस र आक्रोश बढी देखेको छु। त्यो रिस, पीडा र आक्रोशलाई पहिलेकै राजनीतिक पार्टीहरूलाई भोट हालेर फेरि यस्तै अवस्था सिर्जना गर्ने कि भन्ने प्रश्नहरू गरेको छु। त्यस्तै, अन्य राजनीतिक दलमा आस्था राख्नेले भोलिका दिनमा स्वतन्त्रले केही गर्न सक्ने होइन, गर्ने त ठूला दलहरूले त हो नि भन्नेहरु पनि छन्।

तर, तपाईंले आस्था राखेका ठूला दलले अहिलेसम्म आफ्नो ठाउँको समस्या समाधान गर्न सके त? फेरि उहाँहरूलाई नै जिताएर पहिलेकै अवस्थामा जाने कि रिस र आक्रोशलाई नैतिकरूपले असफलको अगाडि स्वतन्त्र र नैतिक व्यक्तिलाई भोट दिन किन हिचहिच्याउने? भन्ने प्रश्न जनतालाई छ।
कुनै पनि उम्मेदवारले आफ्नो जितमा ढुक्क हुने भन्ने स्थिति त हुँदैन। तर, आक्रोशित जनाताले भोटको माध्यमबाट विद्रोह गरे भने मैले जित्दिनँ भन्ने पनि छैन। जतिले मलाई भोट दिनुहुन्छ, उहाँहरूको भोटलाई सम्मान गर्दै जिते पनि हारे पनि परिवर्तनको लागि काम गरिरहनेछु।


ठूला दललाई आघात पर्नेछ: मधुसूदन पाठक (सितेबा)
हास्यकलाकार (प्रतिनिधिसभा सदस्य, काठमाडौं क्षेत्र नं ५)

हाम्रो नेतृत्व भनेको सामाजिक रूपान्तरणको लागि हो। यसकै लागि मैले काठमाडौंको क्षेत्र नं ५ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएको छु।

अहिले राजनीतिको नाममा आफन्तवाद, नातावाद छ। साथीभाइ कार्यकर्ता भन्दाभन्दै देशको अवस्था बिग्रिएको छ। यसलाई सुधार्न समन्वयनकारी भूमिका खेल्दै हामी सबै नागरिक एक हौँ भन्ने भावनाका साथ परिवर्तनको लागि समन्वयनकारी पात्रको भूमिका खेल्नका लागि म राजनीतिमा आएको हुँ। मैले परम्परागत राजनीति र शक्तिको विकल्प दिन उम्मेदवारी दिएर विद्रोह गरेको छु। मैले आफ्नो संकल्पपत्रमा एकीकरणको अभियान, प्रभाकारी रूपमा समन्वयनकारी भूमिका तथा नागरिक सेवालगायतका एजेन्डा अघि सारेको छु।

निर्वाचनका लागि हाल व्यापक रूपमा घरदैलो अभियान चलाइरहेको छु र यहाँका वासिन्दाबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु। यो क्षेत्रबाट ५÷६ जना स्वतन्त्र रूपमा जेन्युन युवाहरू चुनावमा उठ्नुभएको छ। हामी सबै मंसिर ४ को मत परिणामका लागि आतुर छौँ। यसपटक ठूला दललाई आघात पर्ने निश्चित छ। यसपटक जनतामा जागरण आएको छ। जनताहरू पहिलेको जस्तो छैनन्। भद्र तरिकाले काम गर्ने अब्बल व्यक्तिलाई मत दिनेछन् भन्ने लाग्छ। अबको दिनमा दलभन्दा पनि व्यक्ति र क्षमता हेर्नुपर्छ भन्ने कुरामा जनता क्लियर हुनुहुन्छ।


गणतन्त्रले वैमनस्यता ल्यायो:रेखा थापा
अभिनेत्री, निर्मात्री तथा निर्देशक (प्रतिनिधिसभा उम्मेदवार, मोरङ क्षेत्र नं ३)

मलाई राजनीतिमा आउनु आवश्यकता थिएन। किनभने नेपाली जनताले फिल्मको माध्यमबाट रेखा थापा भनेर नाम दिइसक्नुभएको छ।
यदि, मेरो हाम्रा आमा बुबाले सही नेता चुनिदिनुभएको भए म यो अभियानमा लाग्नुपर्ने थिएन। देशको राष्ट्रियता, स्वाधिनता, संस्कार, धर्म बचाउनका लागि पनि राप्रपाबाट चुनावमा उठेको छु। गणतन्त्रले एक-आपसमा वैमनस्यता ल्यायो, भाइचाराको अन्त्य भयो।

बलात्कार, हत्या, हिंसा, बेरोजगार जन्मायो। म झुट बोल्न र गलत सपनामा देखाउने अभियानमा जुटेको होइन। देश बनाउन र जनतालाई सुख सुविधा दिनका लागि आएको हुँ र देश बनाउन जस्तोसुकै दु :ख अँईपरे पनि भोग्न तयार छु। सुकुम्वासीका लागि लालपुर्जा, शिक्षा, स्वास्थ, खानेपानीलगायतका एजेन्डा मेरो र मेरो पार्टीको छ। पहिलोपटक महिला उम्मेदवार पाएको भनेर यहाँका महिलाबाट साथ र हौसला पाइरहेको छु।