खुकुरी प्रहार गरी आमाछोरीको विभत्स हत्या

0
Shares

नुवाकोट।

नुवाकोटको बालकुमारीमा आमाछोरीको विभत्स हत्या भएको छ। दुप्चेस्वर गाउँपालिका-५ बालकुमारीको भंगेरिमा सोमबार बेलुकी खुकुरी प्रहार गरी आमाछोरीको विभत्स रूपमा हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

स्थानीय २० वर्षीया सम्झना खतिवडा र उनकी चार वर्षिया छोरी कृष्टिना खतिवडाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ।