प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले मकवानपुरको हेटौंडास्थित मध्य पृतना मुख्यालय, सिन्धुलीको माझीटारस्थित बाहिनी अड्‍डा र सुनसरीको ईटहरीस्थित पूर्वी पृतना मुख्यालयको निरीक्षण भ्रमण गर्नु भएको छ ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा तयारी एवं वस्तुस्थितिका बारेमा जानकारी हासिल गरी आवश्यक निर्देशन प्रदान गर्ने उद्देश्यले आज (सोमबार )उक्त मुख्यालयहरुको निरीक्षण भ्रमण गर्नु भएको हो ।

निरीक्षण भ्रमणका क्रममा उहाँले उक्त पृतना मुख्यालयहरु तथा बाहिनी अड्‍डा तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत निर्वाचनको एकिकृत सुरक्षा योजनाका बारेमा जानकारी हासिल गर्नु भई आवश्यक निर्देशन दिनु भएको थियो ।

सोही क्रममा प्रधान सेनापति शर्माले उक्त पृतना मुख्यालय तथा बाहिनी अड्‍डाका सकलदर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षा सम्बन्धी जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।

उक्त निरीक्षण भ्रमणमा रक्षा मन्त्रालयका सह सचिव प्रकाश पौडेलको समेत सहभागिता थियो ।

दुई दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति शर्माले कार्तिक २९ गते मोरङ्गको थलाहास्थित भैरव गण, उदयपुरको झुल्केस्थित १८ बाहिनी अड्‍डा र काभ्रेपलाञ्‍चोकको भकुण्डेवेसीस्थित २६ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्नुका साथै आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेनाद्वारा काभ्रेपलाञ्‍चोक जिल्ला, महाभारत ईलाकामा स्थापना गरिएको प्लाटुन अपरेटिङ बेस (POB) को निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको जनाएको छ।