‘हुन्छ बहादुर’बाट विकास हुन्न भन्ने जनताले बुझेका छन् : घनश्याम पाण्डे

0
Shares

तुलसीपुर ।  

दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले घरदैलो तथा चुनावी सभा जारी राखेको  छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको दौडधुप पनि झनै बढेको छ । यस क्रममा एमालेले आज तुलसीपुर उपमहानगरपालिका को वडा नम्बर ३ भट्टे, काला मारे क्षेत्रमा चुनावी सभा गरेको छ । सभालाई सम्बोधन गर्दै प्रदेश सभा (क) का उम्मेदवार घनश्याम पाण्डेले चुनावको बेला काँग्रेसले फित्ता आतंक मच्चाएको बताए ।

उनले काँग्रेसका उम्मेदवार डिल्ली बहादुर चौधरीले चुनावको मुखमा योजना परेको भनी जनता झुक्याउन फित्ता लिएर नाप्न पठाएको बताए । अहिले चुनावमा फित्ता लिएर गाउँमा पठाउने  उम्मेदवार पाँच वर्ष कहाँ थिए ? उनले प्रश्न गरे ।

विकास गर्छु भन्ने अनि जनता ढाट्दै हिँड्नेलाई निर्वाचन मार्फत जनताले जवाफ दिने उनको भनाइ थियो । उनले एमाले प्रति दैनिक जसो प्रवेशको लहर बढेको हुँदा जित सुनिश्चित भएको दाबी समेत गरे ।