प्रचण्ड शान्ति र क्रन्तिका नायक : पौडेल

0
Shares

गोरखा।

नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रान्ति र शान्तिको नायक भएको बताउनुभएको छ । सोमबार गोरखाको पालुङटारमा गठबन्धन दलका चुनाबी सभामा बोल्दै नेता पौडेलले गाउँमा मुलुकमा भएको परिवर्तनको मुख्य ब्यक्ति नै प्रचण्ड भएको बताउनुभयो । प्रचण्डसँग स्पष्ट दष्टिकोण रहेको पनि उहाँको भनाइ छ ।

यसैबीच सोमबार नै गोरखाको छिमेकी जिल्ला लमजुङको अल्काटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन समयको माग भएकाले चुनावपछि पनि काँग्रेस र माओवादीको गठबन्धन कायमै रहने बताउनुभयो । आफ्ना पार्टीका महासचिव देव गुरुङलाई मत माग्दै उहाँले देव गुरुङको बिजयले लमजुङ जिल्लाको बिकास निश्चित रहेको बताउनुभयो ।

एमाले नेतामाथि आक्रमण

गोरखामा एक जना एमालेका नेतामाथि आक्रमण भएको छ ।पालुङटार नगरपालिका–७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको नेकपा एमाले गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार अब्दुस मियाँले बताउनुभयो ।

खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका पाँचजना युवाको समूहले आक्रमण गरेको पनि उहाँले बताउनुभयो । काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आफू चुनाव प्रचारका लागि अन्य स्थानमा भएको समयमा आफ्ना मान्छेमाथि आक्रमण भएको र अनुसंधानको पाटो भने प्रहरीको नै भएको मियाँले नेपाल समाचारपत्रसंग भन्नुभयो ।