निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको छ : प्रचण्ड

0
Shares

लमजुङ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिका लागि गठबन्धनले जित्नु पर्ने बताएका छन् । पाँच दलीय गठबन्धनले लमजुङको राइनसमा सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताए ।

उनले भने, मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको हो । आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिनेछ ।

अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गरे । उनले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह समेत गरेका थिए ।

पाँचदलीय गठबन्धनको तर्फबाट लमजुङबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका देवप्रसाद गुरुङ र प्रदेश सभा (क) मा कांग्रेसका डा। टकराज गुरुङ र प्रदेश सभा ९ख० मा कांग्रेसका भेषबहादुर पौडेललाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन आग्रहसमेत गरे।