रुपन्देही १ मा एउटै पार्टीका सहकर्मी भुसाल र विश्वकर्माबीच राेचक प्रतिस्पर्धा

0
Shares

बुटवल ।

एउटै पार्टीमा बसेर तीनदशक बढी सहकार्य गरेका नेताहुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा अहिले रुपन्देही निर्वाचन १ मा आमन्ने सामन्ने भएकाले पनि निकै रोचक देखिएको छ ।

विद्यार्थीकालदेखि राजनीतिकमा होमिएका भुसाल एमालेको उप महासचिवसम्म चुनिए । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित हुँदा विश्वकर्मा भने केन्द्रिय सचिवमा निर्वाचित भए । यी दुई नेताको सम्बन्ध सुमधुर छ । अहिलेसम्म एक अर्कालाई आक्षेपमा उत्रिएका छैनन् । विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । उनी भविबलका पूर्व खेलाडी हुन् । तीक्ष्ण क्षमताभएका भुसाल बामपन्थी बैचारिक नेता मानिन्छन् । यसअघिको एमालेको महाधिवेशनले उनकै अगुवाईमा स्थापितनीति समेत पारित गरेको थियो । ‘दुर्भाग्यनीति एउटाको नेतृत्व अर्कैको हुँदा लामो इतिहास बोकेको राम्रो र बामपन्थी पार्टी नीतिविनाको हुँदै गयो’सोमवार रुपन्देहीको रोहिणीमा घरदैलोमा भेटिएका भुसालले भन्नु भयोे ।

उहाँले झलनाथ खनाल पार्टी अध्यक्ष हुँदासम्म एमालेमा नीति र नेतृत्व ठीक भएपनि केपी ओली पार्टी अध्यक्ष भएपछि नीतिभन्दा नेतृत्व हावी हुँदा एमाले सही ट्रयाकमा हिंड्न नसकेको सुनाउनु भयो । एमालेपरित्याग गरेका एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । उहाँलाई सत्ताघटक दलहरुले समर्थन गरेका छन् ।भुसाल त्रिभुजचुनाव चिन्हलिएर मैदानमा हुनु हुन्छ ।

यही निर्वाचन क्षेत्रबाट भुसालसँग एमालेमा रहँदा तीनदशक बढी सहकार्य गरेका एमाले सचिव विश्वकर्माले पनि उम्मेदवारी दिनु भएको छ् । तीन दशकलामो मित्रता उहाँहरुबीच प्रतिस्पर्धीका रुपमा देखिएको छ । बैचारिक एवं माक्र्सवादका ब्याख्याता नेता भुसाल र विश्वकर्मा आमने सामने हुँदा कसले निर्वाचन जित्ला भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन् । तर, भुसालले पछिल्लो समयमा राम्रो जनमर्थन पाएका छन् । यसबाट उनीउत्साहित छन् ।
भुसाल रुपन्देहीको तिलोत्तमानिवासीहुन् भने विश्वकर्मा बुटवल उपमहानगरपालिक ानिवासी हुन् । २०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुँदा विश्वकर्मा क्षेत्र नम्बर एकबाट निर्वाचित हुनु भएका थियो । त्यतिबेलाबाम गठबन्धन भएकाले उनीहरुले सहज जित निकालेका थिए । २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएका भुसाल पूर्व कृषिमन्त्री हुन् । विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लागेका नेता हुन् । उहाँ पनि पूर्वकृषिमन्त्री भइसकेका छन् । विश्वकर्मा एमाले राजनीतिमा आएपछि भुसाल र उनको सम्बन्ध राम्रो छ ।

२०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधन पछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित हुनु भएको हो । भुसाल विश्वकर्मा भन्दा एक दशक पहिलाबाट नै राजनीतिमा सक्रिय रहँदै आउनु भएको । भुसालले विभिन्न आन्दोलनमा होमिँदै गर्दा पटक–पटक गरी दुई वर्ष ५ महिना कष्टकर जेल जीवन विताउनु भएको थियो । तर, विश्वकर्माले जेल जीवनभने विताउन परेको छैन । भुसालसँगजति विश्वकर्मासँग राजनीतिक अनुभव पनि छैन ।

विश्वकर्मा २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर एकबाट विजयी हुनु भएको हो । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा विश्वकर्मा पराजित हुनु भएको थियो । बाम गठबन्धनबाट ०७४ मा सहज जित निकालेका विश्वकर्मालाई यसपटक भने भुसाल चुनौति बन्ने देखिन्छ । २०७४ मा राप्रपाका नेतादीपक बोहरा र तत्कालीन एमाले नेता भुसाल बीच क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो । भुसाल बाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई काँग्रेसको समर्थन थियो । तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८६६ मतल्याउँदाबोहराले २७हजार ४२२ मतपाएकाथिए ।

स्थानीय तहनिर्वाचनमा वडाध्यक्षहरुले पाएको मतकाआधारमाकांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपाएसको १ हजार २४३ र लोसपाको ३२५ मत छ । दुई गठबन्धनको मत छुट्टाछुट्टै जोड्दा क्षेत्रमाविश्वकर्मा बलिया देखिन्छन् ।

स्थानीयतहको मतका आधारमा विश्वकर्मा बलिया देखिएपनि भुसालले पार्टी परित्याग गरेकाकारण करिब ५ हजार मत प्रभावित भएको बताइन्छ । लामो समय रुपन्देही र त्यसमा पनि क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएर एमालेमा राजनीति गरेका भुसालले एमालेको मत अवश्य तान्ने अनुमान गर्न सकिन्छ । भुसालका यसअघि संसदीय सम्पर्क कार्यालयका प्रमुख रहीकाम गरेका उनका सहयोगी मनोजकुमार रिजालले एमालेको ८–१० हजार मत प्रभावित हुने बताउँछन् । गठबन्धनको साथ, एमालेको मत र भुसालको राजीतिक छवि हेरेर पनि जित सहजहुने दावी भुसालपक्षीय नेताहरुको छ ।