तुलसीपुरमा माओवादी र कांग्रेसका ३७ कार्यकर्ता एमालेमा प्रवेश

0
Shares

तुलसीपुर ।

दाङ तुलसीपुरमा दैनिक जसो एमालेमा प्रवेश गरिरहेका छन् । हिजो समाजवादी लगायतका  नेताहरू एमालेमै फर्किएका थिए ।

आज पनि माओवादी केन्द्र र नेपाली कांग्रेसका गरी तीन दर्जन बढी एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । सुशील विक, निर्मल हमाल,टेक बहादुर विष्टको  नेतृत्वमा वडा नम्बर ५ र ६ का गरी ३७ जना प्रवेश गरेका हुन ।

उनीहरूलाई पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, एमालेका प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले स्वागत गरेका हुन ।  नव प्रवेशिहरुले माओवादी र कांग्रेसबाट यस क्षेत्रको विकास नहुने भन्दै एमाले प्रवेश गरेको बताएका छन् ।

दैनिक जसो प्रवेश गर्नेको लहर बढेको भन्दै जितको दिशामा अघि बढेको  एमालेले जनाएको छ । पार्टी प्रवेश कार्यक्रमको सहजीकरण  नगर कमिटी सचिव रूप बहादुर खत्रीले गरेका थिए ।