किन उम्मेदवार बने कलाकार !

14
Shares

पर्दामा जोशिलो युवा युवतीदेखि नेता, मन्त्री, सांसदको भूमिकामा देखिँदै आएका कलाकारहरू यस पटक रियल लाईफमा संसदीय चुनावमा उठेका छन्। यस पटक कलाकारहरूले पनि प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विभिन्न स्थानबाट आफ्नो उम्मेदवारी दिएका छन्। संधै आफ्नो फिल्म तथा काम लिएर प्रचारमा व्यस्त देखिने कलाकारहरू अहिले आफ्ना चुनावी एजेण्डा लिएर घरदैलो अभियनमा जुटिरेका छन्। अगामी मंसीर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश शभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका कलाकारको एजेन्डा के हुन्? किन दिए उनीहरूले उम्मेदवारी?

नष्ट होउँला, भ्रष्ट हुन सक्दिनं: सम्राट सापकोटा
अभिनेता तथा निर्देशक (प्रदेश सभा उम्मेदवार, काठमाडौं क्षेत्र नं १ क)

मैले उम्मेदवारी स्वतन्त्र राजनीतिक शक्ति पार्टीबाट काठमाडौं क्षेत्र नं १ क बाट प्रदेश शभा सदस्यमा उम्मेदवारी दिएको छु। जीवनको चार दशक नेपाली कला क्षेत्रमा सक्रिय हुँदा फिल्ममा अभिनय गरेर दर्शकलाई खुशी पारेजस्तै राजनीतिमार्फत देश र जनतालाई खुशी बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँ।

नेपालको शाशन नेपाली जनताले नै गर्न पाउनु पर्छ र नेताहरूले नगरेको काम हामी कलाकारले गर्न सक्छौँ भन्ने हिसाबले पनि अगाडी आएको हुँ। किनभने हामी कलाकारमा नेताहरूमा जस्तो लोभ र मोह भन्ने हुँदैन। जसरी फिल्ममा इमानदारीतापूर्वक अभिनय गरेर दर्शकलाई सन्तुष्ट पार्छाैं, त्यसैगरि राजनीतिमार्फत पनि जनताको हितमा काम गरेर जनतालाई सन्तुष्ट बनाउ™छु भन्ने मेरो ध्येय छ।

देशमा जताततै विकृती र विसंगती छ। देश चलाउनेहरू देश र जनताको बारे नसोची विदेशीको ईशारामा चलिरहेका छन्। शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी तथा प्रदेश सभा खारेजी हुनुपर्छ भन्ने हाम्रो एजेण्डा छ। एउटै प्रदेशमा २० जना मन्त्री राख्न थालियो। झण्डै एक सय ५० भन्दा बढि मन्त्री बन्ने भएपछि देशलाई अर्बाैको ढुकुटी रित्याउने र दलका कार्यकर्ता थन्क्याउने थलो जस्तो भयो। कतिपयले प्रदेश सभामै उठेर संचना खारेजमा आवाज कसरी उठाउनुहुन्छ भन्नुहुन्छ। जेको विरोध गर्नुपर्ने हो, त्यही™ गएर विरोध गर्ने हो। बहिर बसेर गरेको विरोध प्रभावकारी हुँदैन। देशमा प्रदेश सांसदको जरुरी छै। मलाई पदको मोह पनि छैन, मलाई देशको माया छ। म बरु नष्ट हुन सक्छु, तर भ्रष्ट हुन सक्दिनं। विकृती र विसंगती विरुद्ध बोल्ने कोही न कोही आउनुपर्छ भनेर म उम्मेदवारको रूपमा अगाडि आएको हुँ।

म कला क्षेत्रको मान्छे, पहिलेदखि नै रेडियो होस् यो फिल्म। यो सबैबाट जागरण र परिवर्तनको पक्षमा बोल्दै आएको छु। मेरो चरित्रको बारेमा सबैलाई थाहै छ। त्यस्तै स्वदेशमै रोजगारी सिर्जना गरि जनतालाई स्वावलम्बी र देशलाई आत्मनिर्भर बनाउनुपर्छ। कसैले युवा जनशक्तीको उपयोग गर्न सकेको छैन। कयौ युवालाई विदेशमा पठाएर देश भने परजीवी जस्तो भईरहेको छ। पुराना नेताबाट केहि हुन सकेन। युवा नेता भनिएकाहरूको पनि देशलाई भिख मागेर चलाउन सकिन्छ भन्ने खालको अभिव्यक्ति आएपछि आशा रहेन। देशलाई स्वावलम्बी बनाउने खालका ठोस योजना केहि बनेनन्। त्यस कारण पनि पहिलेजस्तो चुनावलाई लिएर मतदातामा चार्म छैन। जनतामा फ्रस्टेसन छ। कतिपयले जुन जोगी आए पनि उस्तै हो भनिरहेका पनि छन्। उनीहरूलाई हामी भनेको कलाकार हो र हामीमा नेतामा जस्तो लोभ र मोह हुँदैन। हामीमा २० पुस्तालाई पुग्ने सम्पती कमाउँ भन्ने भावना हुँदैन, सच्चा मनले देशको सेवा गर्ने हिसाबले राजनीतिमा आएको भन्ने बुझाएको छु।

क्षेत्र नं १ संवेदनशील क्षेत्र हो। यहाँको जनतामा को व्यक्ति कस्तो भन्ने कुरा थाहा छर धेरैले चाहिँ पुरानो अनुहारभन्दा नयाँबाट आशा लागेको बताउनु भएको छ। मतदाताहरूमा मतदान गर्नुपूर्व विगत र वर्तमानको मुलुकको अवास्थाबारे मूल्यांकन गरेर मतदान गर्न अनुरोध गर्दैै आएको छु। नयाँ र राम्रो मान्छे आउनुपर्छ। कलाकारलाई त झन् हाम्रो समर्थन छ भन्ने प्रतिक्रिया पाएपछि उत्साहित भएको छु र आफू विजयी हुनेमा विश्वस्त छु।


मेरो उम्मेदवारी युवा नेतृत्वको लागि: हिमेश पन्त
कमेडीयन (प्रतिनिधि सभा उम्मेदवार, धादिङ क्षेत्र नं १)

मैले धादिङको विकासका लागि राष्टिझय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएको हुँ।
म जनतामाथि विश्वासघात गर्दिनं। देशमा अब युवा नेतृत्व हुनुपर्छ भन्ने हिसाबले पनि म कला क्षेत्रमा भएर पनि राजनीतिमा लागेको हुँ। कृषी, शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, कला, खलेकुद आदीलाई मूख्य एजण्डे बनाएको छु। घरदैलो अभियान व्यापक रूपले चलिरहेको छ र मलाई सबैले युवा नेतृत्व हुनुपर्छ भनेर हौसला दिनुभएको छ। यस हिसाबले आप्mनो विजय हुनेमा ढुक्क छु।)

युवा आउनुपर्छ भनेर उठेको हुँ : रोज राणा

अभिनेता तथा निर्माता (प्रदेश सभा उम्मेदवार, प्युठान क्षेत्र नं १ ख)

म अहिलमात्र होइन, पहिलेदेखि नै राजनीतीमा छु। म विद्यार्थी राजनीतिबाट आएको हुँ। फिल्म र राजनीति दुवैसँगै अघि बढाईरहेको थिए। अहिले मेरो पार्टी नेपाली कांग्रेसले पत्यायो र सत्ता गठबन्धनबाट प्युठान खको प्रदेश सभाका लागि उम्मेदवारी दिएको छु।

म प्युठानको विकासको लागि चुनावमा उठेको हुँ। प्युठानको विकासका लागि पहिलो पनि काम गर्दै आएको छु। अब युवाले देश चलाउनुपर्छ भनेर पनि आफ्नो क्षेत्रमा आएर उम्मेदवारी दिएको हुँ। विकासको मोडल बाटोघाटो शिक्षालगातयका एजेण्डा मेरो पार्टीको छ।अब पुरानाभन्दा पनि युवालाई ल्याउनुपर्छ र उनीहरूले राम्रो काम गर्न सक्छन् भन्ने कुरामा जनताहरू कन्भिन्स हुनुहुन्छ। यस कारण पनि आफ्नो जीतमा सुनिश्चित छु।

जनताले स्वतन्त्रलाई नै भोट दिने भनेका छन्: सञ्जय श्रेष्ठ
गायक तथा संगीतकार
(उम्मेदवार प्रतिनिधि सभा, काठमाडौ क्षेत्र नं ६)

हामी वर्षौंदेखि दलगत राजनीतिको शिकार हुँदै आएका छौ। म पनि त्यसको शिकार भए।पहिले मैले आस्था राख्ने राजनीतिक पार्टीको पनि जनताभन्दा आफ्नो कुर्सी जोगाउन र राजनीतिक तालमेलमा मात्र लागेकोले व्यक्तिगत रूपमा मैले जनताको सेवाका लागि काठमाडौंको क्षेत्र नं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएको हुँ। काठमाडौंको क्षेत्र नं ६ मात्र नभई देशकै लागि पनि संसदमा आवाज उठाउँछु भनेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ।

मेरो मोनोरेल पानी जहाज जस्तो ठूलो ठूलो एजेण्डा छैन। जनताका लागि शिक्षा, स्वास्थ्य, सिचाई, कृषि, खानेपानी स्वरोजगार, भ्रष्टचारमूक्त समाज बनाउने मेरा मूल एजेण्डा छन्। यहाँका विभिन्न स्थानका वासिन्दालाई भेटेर आफ्नो एजेण्डाबारे जानकारी दिँदै चुनावी प्रचार प्रसार गरिरहेको छु।

ठूलो क्षेत्र भएकाले घरदैलोका साथै सामाजिक सञ्जालमार्फत पनि प्रचार प्रसारमा लागेको छु। घरदैलो अभियानमा सबैले साथ र हौसला दिईरहनु भएको छ। यस पटक दललाई नभएर स्वतन्त्रलाई नै भोट दिने हो भन्नुभएको छ। त्यसैले पनि म आफ्नो जीतमा शुनिश्चित छु।