गठबन्धको त्रासले निरन्तर आरोपमा ओर्लिएका ओली

0
Shares

निर्वाचन नजिकीदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षीनेताहरु प्रति आरोपमा ओर्लनुभएको छ । केही दिनयताका चुनावी भाषणमा व्यस्त हुभएका ओलीले सत्तारुढ गठबन्धनका पक्षमा जनमत बढेको संकेत पाएपछि नेताहरुलाइ तल्लो स्तरको भाषा प्रयोग गरेर आरोप लगाउने गर्नुभएको हो ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जनयुद्धका नाममा कपालमा जेल लगाउँदै कुखुराको साँप्रासँगै झोल खाएर नेता भएको टिप्पणी गर्नुभयो । जहिले पनि मान्छे उचालेर सहिद बनाउने अनि नहेर्ने प्रवृत्ति माओवादीमा देखिएको उहाँले आरोप लगाउनुभयो । सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप लगाउदै उहाँले ‘हाँडी घोप्टे जस्ता’ ले देश चलाएको बताउँनुभयो । प्रचण्डलाई मुसासँग तुलना गर्दै उहाँले माओवादीले दक्षिण शक्तिसँग मिलेर सरकार बनाउन कोशिस गरेको समेत आरोप लगाउनुभयो ।

उहाँले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको पनि आलोचना गर्नुभएको छ । देउवाले २०६१ माघ १९ मा राजनलाई सत्ता सुम्पीएको स्मरण गराउँदै ओलीले भन्नुभयो,‘शेरबहादुर देउवाको त के कुरा, माघ १९ सबैलाई सम्झना होला । अहिले पनि उहाँले लोकतन्त्र कता लगेर बुझाउनुहुन्छ ।’ २०५२ मै टाउकाको मूल्य तोक्ने र तोकीनेहरु एकठाउँमा छन् । उनीहरुको गठबन्धनले के दिन्छ ?’

चुनावी अभियानका क्रममा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल यही चुनावबाट समाप्त हुने बताउनुभयो । शनिबार कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सिध्याउँछु भन्नेहरु आफैं सिद्धिँदै गएका छन् । माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएका छन् । माधव नेपाल त यही चुनावबाटै समाप्तै हुन्छन् । माधव नेपालको पार्टी खरानीको डल्लो हो ।’

एमाले सिद्धाउँछु भन्नेहरु आफै सिद्धिँदै भन्दै उहाँले माधव नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गर्नुभयो । पछिल्लो एक हप्तामा देशका दर्जन बढी क्षेत्रका चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुभएको ओलीले आफ्ना योजना र तीति कार्यक्रम भन्दापनि विपक्षी गठबन्धनका नेताहरुलाई आलोचना गर्नमै समय खर्च गर्नुभएको छ ।

डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलील नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई डोटीबाट टिकट नपाएकोप्रति व्यङ्ग्य गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘जो जिन्तगीभरी नेपाली कांग्रेसको राजनीति आए तीनलाई तल कैलालीतिर झारिएको छ । कैलालीमा गएर के गर्ने ? थारु गाउँमा, थारु भाषा आउँछ ? त्यो जित्न पठाएको हो र? गलहत्याएर ओरालो तिर बगाइदिए । नेपाली कांग्रेसलाई बगाएर आफू उभिन खोज्नेहरुलाई भोट दिनुहुन्छ ?’

आइतबार कालिकोटमा पुगेर उहाँले माओवादी पार्टी सिद्दिन लागेका बेला एमालेले औंलो दिएर प्रत्यक्षमा ३६ सिट जितेकोे जिकिर गर्नुभयो । ओलीले भन्नुभएको, ‘सिद्दिन लागेका प्रचण्डलाई पार्टीभित्र ल्याएर आफू नै अल्पमतमा पर्नेगरी विश्वास गरेको तर बहुमत पाएपछि आफूमाथि नै खनिन थाले ।’ सत्ता गठबन्धन प्रति औला ठड्याउँदै उहाँले भागेर गएको राजतन्त्र फेरि ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिकृयावादी शक्तिहरूसँग साठगाँठलाई तोड्नुपर्छ ।’ गठबन्धनमा आवद्ध दलहरुलाई यसो भन्दैगर्दा ओलीलै नै राजतन्त्रका पक्षधरहरुसँग चुनावी तालमेल गरेर निर्वाचनमा जानुभएको छ ।
गठबन्धनका नेताहरुमाथि विरोध गर्दा नै आफ्नो पक्षमा जनमत बढ्छ भन्ने राजनीतिक संस्कारलाई ओलीले स्थापीत गराउन खोजेको नयाँ पुस्ताका राजनीतिकर्मीहरु बताउँछन् । प्रधानमन्त्री भैसकेका नेताहरुलेनै सामान्य नागरिकको भन्दा तल्लोस्तरमा झरेर अभिव्यक्ति दिनु बहुदलिय लोकतन्त्र र राजनीतिक पद्धतिप्रतिनै हानीकारक हुने राजनीतिक विश्लेषक शंकर तिवारी बताउँनुहुन्छ । जनताको अभिमतबाट बनाएको संविधान नै मास्केगरी संसद विघटन गर्ने ओली नै अहिले राजावादीहरुसँग साँठगाँठ गरेर चुनाव लड्न गएकाले उहाँले अरुलाई तल्लास्तमा झरेर गाली गर्नु राजनीतिक संस्कारभन्दा बाहिर रहेको तिबारीले बताउनुयो ।

सार्वभौम संसद र संविधानको रक्षाका लागि एकठाउँमा भएका राजनीतिक दलहरुलाई ओलीले तुच्छभाषको प्रयोग गर्दै आरोपमा ओर्लनुनै हारको मानसिक्ता भएको उहाँको बुझाइ छ । तिवारीले भन्नुभयो, ओलीको कदम प्रतिगामी नै थियो र अहिलेको चुनावी गठबन्धन पनि राजावादीहरुसँग भएकाले एमालेसहितको गठबन्धन राजतन्त्र फर्काउने प्रगतिगामी अभियान सामेल छ । सत्ता गठबन्धनप्रति जनमत बढेको देखेर अत्तालिएर ओली विपक्षी नताहरुप्रति आरोपमा ओर्लनुभएको हो ।’