आगामी सरकार गठबन्धनकै हुन्छ : पाण्डे

0
Shares

बाजुरा । 

नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा पदका उम्मेदवार बद्रीप्रसाद पाण्डेले आगामी निर्वाचनपछि संंंघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ । सत्ता गठबन्धनको चुनावी प्रचार–प्रसार तथा घरदैलो अभियानका क्रममा सदरमुकाम मार्तडीमा भएको कोणसभा कार्यक्रममा बोल्दै उहाँले सो बताउनुभएको हो ।

आफू बाजुरेली जनताको मन मुटुमा बसिसकेकाले जिल्लामा एमालेका नेता कर्णबहादुर थापा नभई केपी ओली आए पनि चुनाव नजित्ने पाण्डको दाबी छ । ‘अहिले बाजुरेली जनतालाई झूटा भ्रमपूर्ण आश्वासन बाँडेर भोट मागिरहेका छन् । पाँच वर्षका लागि जनताले बहुमतको सरकार दिएर तीन वर्षमा संविधान मिचमाच गरी फर्केने । अहिले फेरि एमालेललाई भोट देउ न भनेर घरदैलो जाने एमालेको भोट माग्ने हैसियत गुमाइसकेको छ ।’

–उहाँको भनाइ थियो । जिल्लामा गठबन्धनका साथ साथै आफ्नो जित सुनिश्चित भइसकेकाले अब कुनै अलमलमा नर्पन पनि आम मतदाताहरुलाई नेता पाण्डेले आग्रह गर्नुभएको थियो ।त्यस्तै, प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार पदमबहादुर शाहीले आफू २०३६ सालको जनमतसंग्रहदेखि नै विशुद्ध जनताको सेवामा समर्पित रहेकाले यसपालि सेवा गर्ने अवसर दिन मतदातासमक्ष आग्रह गर्नुभयो ।

कांग्रेसका जिल्लाको पश्चिम भेगका ५ पालिकाको चुनावी घरदैलो भेटघाट अभियान सकाएर सदरमुकाम मातडीमा कोणसभाको आयोजना गरेको थियो ।उक्त कोणसभा कार्यक्रममा गठबन्धनका तर्फबाट नेकपा समाजवादी जिल्ला अध्यक्ष पूर्णवहादुर रावत, कांग्रेस सभापति रामसिंह रावल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक देवीचन्द्र बुढा, निवर्तमान कांग्रेस पार्टी सभापति कविराज पण्डितलगायत नेता–कार्यक्रताहरुको सहभागिता रहेको थियो ।