डोल्पा कलाङ मतदान केन्द्रको अधिकृतमा बस्नेत

0
Shares

डोल्पा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाको कलाङ मतदान केन्द्रको मतदान अधिकृतमा दल बहादुर बस्नेतलाई नियुक्त गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ र २ मा हुने दुवै निर्वाचनका लागि डोल्पो बुद्ध गाउँपालिका २ अन्तर्गत २ नम्बर वडा कार्यालय कलाङ मतदान केन्द्रमा मतदान अधिकृतमा बस्नेतलाई नियुक्त गरिएको हो ।

उहाँलाई यहीँ महिनाको २१ गते उक्त मतदान केन्द्रका लागि मतदान अधिकृतमा नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पा, दुनैले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले बस्नेतलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन गराउन निर्देशन दिएको छ । सोही मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी कर्मचारीलाई निर्वाचनमुखी कामकारबाही गर्न अधिकृतमार्फत निर्देशन दिइएको छ ।

हेर्नुहोस् पत्र :