श्री बालकुमारी वन क्षेत्र सफाई

0
Shares

ललितपुर । श्री वालकुुमारी सामुदायीक वन उपभोक्ता समुह ललितपुर महानगरपालिका वडा नं. १८ स्थित वनक्षेत्र सरसफाई गरेको छ ।

नेप्से म्याकको सहयोगमा आज शनिबार भएको सफाई कार्यक्रममा करिब ५ टन फोहोर संकलन भएको थियो । सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष किशोर कुँवरको नेतृत्वमा भएको सर सफाई कार्यक्रममा कार्यसमितिका पदाधिकारी, उपभोक्ता समुहका पुर्वअध्यक्ष एवं सल्लाहकार नवराज कुँवर, श्री वालकुमारी श्रृजना क्लबका पुर्व अध्यक्ष एवं समुहका सल्लाहकार शालिकराम कुँवर लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।

ललितपुर महानगर क्षेत्रभित्र रहेको खुला वन क्षेत्रमध्य सबैभन्दा धेरै वनक्षेत्र अर्थात करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनक्षेत्र मध्य सल्लाको रुख रहेको वनक्षेत्रलाई महत्वपुर्ण मानिएको छ । काठमाडौं उपत्यकासंग जोडिएको चोभारको मञ्जुश्री गल्छेडो संगै हरेको सो वन क्षेत्रमा साहसिक साइकल खेल र ट्रयाक निर्माण गर्ने सम्झौता भैसकेको छ ।

पर्यटकको आकर्षक केन्द्रविन्दुको रुपमा रहेको सो क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धन गर्न पैदल र साइकल ट्रयाक निर्माण गर्न लागिएको उपभोक्ता समुहका अध्यक्ष किशोर कुँवरले जानकारी दिनुभयो ।

हरेक महिना वनक्षेत्र सरसफाई गर्ने योजना सहित सो कार्यक्रम आयोजना गरिएको अध्यक्ष कुँवरको भनाई थियो । सफाई कार्यक्रममा समितिका उपाध्यक्ष देवकुमार थापा, सचिव घनश्याम थापामगर, सहसचिव भगवती थापा, सदस्य हरिचन्द्र कुँवर, दिपेश घले गुरुङ, गंगादेवी खड्का,अस्मिता बोगटी, सुरेश थापा, दीपक महर्जन,गंगादेवी खड्का,दिलिपकुमार केसी , अञ्जु कुँवर लगायत स्थानीयहरु सरसफाइमा सहभागि रहेका थिए ।