पुकार बमसहित ५ जनालाई निर्वाचन आयोगद्वारा जरिवाना

0
Shares

काठमाडौं । निर्वाचन आयोगले पुकार बमसहित पाँच जनालाई कारबाही गरेको छ । आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीहरुलाई कारबाही गरेको हो ।

कारबाही पर्नेमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम रहेको निर्वाचन आयोगले जनाएको छ । उनलाई ५ हजार जरिवाना लगाएको छ । आचारसंहिताविपरीत आफ्नो नाम अंकित सर्ट प्रयोग गरेको भन्दै आयोगले उनलाई ५ हजार जरिवाना लगाएको हो ।

यस्तै आयोगले बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारलाई २५ हजार जरिवाना लगाएको छ । वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गरेको भन्दै आयोगले उनलाई जरिवाना लगाउने निर्णय गरेको हो ।

त्यसैगरी आयोगले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई ५ हजार जरिवाना लगाएको छ । दलको प्रचारप्रसार गरेको भन्दै उनलाई आयोगले ५ हजार जरिवाना लगाएको हो ।

अछामको राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई ५ हजार जरिवाना गरिएको आयोगले जनाएको छ । एमालेको चुनावप्रचार गरेको भन्दै उनलाई आयोगले ५ हजार जरिवाना लगाको हो ।

सिरहाको जनता आधरभूत विद्यालयका शिक्षक जिवछ यादवलाई ५ हजार जरिवाना आयोगले लगाएको छ । उनले पनि दलको प्रचारप्रसार गरेको भन्दै आयोगले ५ हजार जरिवाना लगाएको हो ।

आयोगले प्रधानाध्यापक कुवँर र शिक्षक कुँवरलाई विभागीय कारबाही गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई भनेको छ ।