खेत खलियान पछि घरदैलाेमा चाैधरी

0
Shares

नवलपरासी ।

कृषककाे धान काट्ने चटाराेमा चुनावी मुद्दा बाेकेर खेत खलियान पुगेका अर्बपति चाैधरी अहिले घरदैलाेमा ब्यस्तछन् । शुक्रबार बिहानैबाट प्रदेश उम्मेदवार लाल बहादुर गुरूङ्ग र विश्व प्रेम पाठक साथ लिई कार्यकर्ता सहित सचिवालयबाट निस्केका चाैधरी बर्दघाट १६ काे घरदैलाेमा देखिए ।

घरदैलाेमा स्थानीय महिला समूहले फूलमाला र अबिरले स्वागत गरेर नजिकैकाे खजुरा खाेलाले पुल खाेजीरहेकाे र पुल नहुँदा भाेग्नु परेकाे सास्ती सुनाए ।छिमेकी वृद्ध आमाले उम्मेदवारहरू भाेट लिन घरदैलो गर्ने जित पछि गाउँ नफर्कने परिपाटी छ त्यसाे नहाेस भन्दै चाैधरीलाई खवरदारी गरिन् ।

चाैधरीले गाउँकै विकासका लागि आफू नवलपरासी पश्चिमकाे १ नं. निर्वाचन क्षेत्रबाट चुनाव लडेकाे बतउँदै मतदाताकाे आत्मविश्वासमा ठेस लाग्न नदिने बताए ।
उनले चुनावी दाैडकाे १ महिने अन्तरालमै यहाँका दर्जनाै क्षेत्रीय समस्याकाे फेहरिस्त सुनाए ।

बर्षाैं देखिकाे बाढी तथा डुवान, कच्चि बाटा र पुल पुलेसा, बिद्धुत अभाव, स्थानीय किसानका उत्पादन उखु,केराकाे बजारिकरण देखि मल बिउकाे समस्या समाधानमा अर्जुनदृष्टि लगाएर काम गर्ने चाैधरीले बताए ।

साईकल, माेटरबाईक हाेस या टेक्टर चढेर आफ्नाे निर्वाचन क्षेत्र त्रिवेणी सुस्ता,प्रतापपुर,सरावल र बर्दघाटका गाउँ बस्तीमा किसानका खेतखलियान घुमेका चाैधरीलाई अहिले घरदैलाेमै भ्याईनभ्याई छ ।