चुनावकाे मुखमा ओली ठमेलकाे नाइट क्लबमा

0
Shares

काठमाडाैं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राति अचानक काठमाडौंको ठमेलस्थित नाइटक्लबमा पुगेका छन् । केही सहयोगीहरुसहित उनी एलओडी नामक नाइटक्लबमा पुगेका थिए ।

 

शुक्रबार राति नाइटक्लबमा युवायुवतीहरुको ठूलाे भिडभाड रहेकाे अवस्थामा नाइट क्लबको मञ्चमा रातो ज्याकेटमा उनी एक्कासि देखा परेका थिए । ओली क्लबकाे स्टेजमा गएर सम्बाेधन गर्नुका साथै हात हल्लाएर उपस्थितहरुलाई अभिवादन समेत गरेका थिए ।