उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसलाई समर्थन



हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) का समानुपातिकतर्फ उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका इन्द्रबहादुर बानिया“लाई समर्थन गर्नुभएको छ ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् उहाँहरुले उम्मेदवारी फिर्ता लि“दै बानिया“लाई समर्थन गरेको बताउनुभएको हो । आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्तलगायत प्राप्त उपलब्धिहरु गुम्नसक्ने र व्यवस्थाविरोधीहरुलाई बल पुग्ने खतरा देखेपछि प्राविधिकरुपमा नमिले पनि राजनीतिकरुपमा उम्मेदवारी स्थगन गरेको उहाँहरुले प्रष्ट पार्नुभयो ।

अबको अभियान गठबन्धनबाट प्रत्यक्षतर्फ उम्मेदवार बानिया“लाई विजयी गराउने रहेको उल्लेख गर्दै उहाँहरुले सोहीअनुसार अघि बढ्न आफ्ना समर्थक, शुभचिन्तक एवम् मतदातालाई अपिल गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा बानिया“ले बल, घलान र लामा उक्त क्षेत्रका अगुवा कार्यकर्ता भएको र उहाँहरुको समर्थनले विकास चाहने जनता र कांग्रेस कार्यकर्ता उत्साहित भएको बताउनुभयो । बानिया“ले उहाँहरुलाई कांग्रेसमा पुनःस्वागत गर्दै समान अवसर दिइने बताउनुभयो । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, सचिव भीमसेन महत, संघीय सभापति लोक मुक्तानलगायत कांग्रेस नेताहरुको उपस्थिति थियो ।

मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर–२ (२) बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका खुशीलाल चेपाङले पनि नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गर्नुभएको छ । हेटौंडामा अर्को पत्रकार सम्मेलन गर्दै चेपाङले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर सत्तारुढ गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा उहाँले निर्वाचन आयोगमार्फत् उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिकरुपमा आफू उम्मेदवार नरहेको स्पष्ट पार्दै प्रतिनिधि सभा–२ को प्रदेशसभा (२) मा लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता चेपाङले सत्तारुढ दलहरुले उम्मेदवारका सम्बन्धमा गरेको सहमतिमा चित्त नबुझेको भन्दै मकवानपुर–२ (२) बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । गठबन्धन दलहरुबीचको सहमतिअनुसार उक्त क्षेत्र नेपाली कांग्रेसलाई भाग लगाइएको थियो । गठबन्धनका दलहरुको तर्फबाट नेपाली कांग्रेस वागमती प्रदेश सभापतिसमेत रहनुभएका बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

मकवानपुर क्षेत्र नम्बर–२ (ख) का उम्मेदवार पदमबहादुर तितुङले पनि आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका बानियाँलाई समर्थन गर्नुभएको छ । हेटौंडामा पत्रकार सम्मेलन गर्दै तितुङले राजनीतिकरुपमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताउनुभएको हो । पार्टी सञ्चालनका क्रममा भएका केही कमजोरीका कारण चित्त दुखेर आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीले प्राप्त उपलब्धि गुम्नसक्ने र व्यवस्था मास्नेहरुलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको उहाँले प्रष्ट पार्नुभयो ।

आफ्नो अबको अभियान गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार बानियाँलाई विजयी गराउनु रहेको उल्लेख गर्दै तितिङले सोहीअनुसार अघि बढ्न आफ्ना समर्थकलाई अपिल गर्नुभएको छ । पत्रकार सम्मेलनमा बानियाँले तितुङ उक्त क्षेत्रका अगुवा कार्यकर्ता भएको र उहाँको समर्थनले विकास चाहने जनता र कांग्रेस कार्यकर्ता उत्साहित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्