हाम्रो कसैसँग तालमेल छैन



नवलपरासी । राप्रपा जिल्ला कार्य समिति पूर्वी नवलपरासीले जिल्लामा कुनै पनि दलसँग तालमेल नभएको जनाएको छ ।

आगामी मंसिर ४ को निर्वाचनका लागि संघ र प्रदेशका सबै क्षेत्रमा उम्मेदवार सहित घरदैलोमा रहँदै गर्दा एमाले लगायतका केही दलले राप्रपाको समर्थन रहेको भनी गरेको दुष्प्रचारको राप्रपाले विज्ञप्ती मार्फत भ्रत्सना गरेको छ ।

राप्रपा नवलपरासी पूर्वले बुधबार कावासोतीमा पत्रकार सम्मेलन गरि बिज्ञप्ती सहित सो प्रचारबाजीको भ्रत्सना गरेको हो । जिल्ला अध्यक्ष बिष्णु प्रसाद अधिकारीले पत्रकारहरू माझ राप्रपा नवलपरासी पूर्व आफ्नो नीति,सिद्धान्त र आगामी कार्य योजनासहित जनताको घरदैलोमा पुगि रहेको बताउनु भयो । साथै अधिकारीले जिल्लामा कुनै पनि राजनैतिक दलसँग राप्रपाको सहमति, सहकार्य र तालमेल नभएको स्पष्ट पार्नु भयो ।

राप्रपाले जिल्लामा प्रदेश उम्मेदवारसहित संघतर्फ क्षेत्र नं. १ मा डा. माहनी लाल भुसाल र क्षेत्र नं. २ मा जिल्ला अध्यक्ष विष्णु प्रसाद शर्मा अधिकारीलाई उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्