विश्वकपमा स्थान बनाउने काल्भिनको विश्वास

0
Shares

काठमाडौं ।

म्यानचेस्टर सिटीका मिडफिल्डर काल्भिन फिलिप्सले कतार विश्वकप अघि इंग्ल्यान्ड टोलीमा स्थान बनाउने विश्वास  व्यक्त गरेका छन् । २६ वर्षीय मिल्डफिल्डर काल्भिन पछिल्लो सात हप्तादेखि सोल्डर सर्जरीपछि मैदान बाहिर रहँदै आएका छन् ।

चोटपछि काल्भिन इंग्ल्यान्ड प्रशिक्षक गेराथ साउथगेटको २६ टोलीभित्र पर्नेमा भने शंका रहेको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कारावाओ कपमा चेल्सीसँग खेल्नु अघि काल्भिन फिट नहुने बताएका छन् । बुधबार राति हुने खेलमा काल्भिन बेन्चमा हुनेछन् ।

‘सोल्डर अहिले निकै राम्रो भइरहेको छ,’ काल्भिनले भनेका छन् । ‘सात हप्ताको रिकोभरीपछि राम्रो हुँदैछ । विश्वकप अघि सबै राम्रो हुनेछ । म पक्का छैन, तर, विश्वास छ । म टोलीमा उपलब्ध हुनेछु,’ उनले जोडे ।  इंग्ल्यान्डले विश्वकपको पहिलो खेल २१ नोभेम्बरमा इरानविरुद्ध खेल्दै सुरुवात गर्नेछ ।