गठबन्धनको साझा भावना अनुसार भावी योजना तथा कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध हुने छु : ओली

0
Shares

डोटी।

नेकपा (माओवादी केन्द्र) का नेता तथा डोटी प्रदेश सभा २ का उमेदवार शिबसिंह ओलीले गठबन्धनको साझा भावना अनुसार भावी योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ । डोटीको बडिकेदार गाउँपालिका खड्यौलीमा आयोजित चुनाबी कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले प्रतिगमनकारी शक्तिलाई प्रास्त गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफूलाई निर्वाचित गराउने जनता नेता कार्यकर्ताको पक्षमा जनमुखी काम गर्नु आफ्नो प्रमुख दायित्व रहेको हुँदा यसमा कसैले दुबिधामा नपर्नु होला ।’ जनताको प्रतिनिधित्व गर्ने सर्बोच्च थलो संसद् बिगठन गर्ने प्रतिगमनकारी शक्तिलाई प्रास्त गर्नका लागि गठबन्धनको आवश्यकता परेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘जनताको प्रतिनिधित्व गर्ने सर्बोच्च थलो संसद् बिगठन गर्ने प्रतिगमनकारी शक्तिलाई प्रास्त गर्नकै लागि गठबन्धन बनेको हो, यो देशमा विकास गर्ने भनेकै गठबन्धन हो ।’

जनताको मतको अवज्ञा गर्दै संसद् बिगठन गर्नेलाई मत दिँदा फेरि पनि संविधान र संघियता र लोकतन्त्र धरापमा पर्ने भएकाले लोकतान्त्रि बामगठबन्धलाई निशंकोच मतदान गर्न समेत उहाँले आम डोटीबासीमा आग्रह गर्नुभयो ।

नेपाली जनताले झण्डै दुई तिहाई मत दिँदा समेत दुई दुई पटक संसद विगठन गर्ने प्रतिगमनकारीहरुलाई जनतासँग मत माग्ने अधिकार नभएको ओलीको आरोप छ ।