गायक प्रकाश दूतराजले गरे आत्महत्याकाे प्रयास


काठमाडौं ।

 चर्चित गायक  प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेका छन् । केही दिन पहिले सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले अप्रिय कदम चाल्ने प्रयास गरेको बताइएको छ ।

गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका उनीहरु एउटै फल्याटमा बसेका थिए । दूतराजले आफू सुत्ने कोठामा झुण्डिने प्रयास गरेका बेला भुमिकाले देखपछि उद्धार गरेको बताइएको छ ।

झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको बताइएको छ । भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक हुन्, दूतराजले ‘घर कता हो बैनीको‘’ ‘जाम भो माइली‘’ ‘चोली मैलै भो‘’, ‘रेलिमाई‘’ लगायत गीतहरू गाएका छन् ।