उचाईमा अमृत खड्का

0
Shares

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन ललितपुर क्षेत्र नं.३ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका युवा नेता अमृत खड्कालाई स्थानीय समाजसेवीको परिचय बनाएका छन् ।

झन्डै तीन दशक लामो राजनीतिक जीवन बिताइसकेका खड्का युवामाझ चिरपरिचित हुनुहुन्छ । विदेश पलायन भएका युवालाई नेपालमै काम गर्ने वातावरण बनाउने । विदेशीने तयारीमा लागेका युवालाई नेपालमै रोजगारीको व्यवस्था गर्ने उहाँको मुख्य उद्देश्य छ । राजनीति र व्यवसायमा नाम कमाइसक्नुभएका अमृत खड्काको विगत र वर्तमान

भ-याङमुनिको अमृत:
काँठ क्षेत्रमा उनताकाका घर पुरानै शैलीको । माटाले लिपेको चिल्लो घर । एक तला उक्लिन भ¥याङ । भ¥याङले ओगटेको सानो कुना । त्यही कुनामा आमाको प्रश्न पीडासँगै एक बालक पैदा भयो । जुन बालकको नाम रह्यो अमृत । आफ्नो पुस्ता कहाँबाट सैँबु भैसीपाटीमा आए भन्ने इतिहास अध्ययन गरिरहेका छन् अमृत खड्का ।

यतिखेर त्यो पुरानो माटाको घर छैन । नयाँ घर बनेपछि जहाँ भ¥याङको कुना थियो । २०३० सालमा आफू जहाँ जन्मिएको भनेर आमाले सिकाउँछिन्, त्यहीँ एउटा सोफा छ । ‘मैले गजबको अनुभूति लिने गर्छु । आमाले भर्‍याङमुनि जन्माउनु भयो । अहिले त्यही ठाउँमा सोफा छ । त्यहाँ बस्दा साथ मिठो निद्रा लाग्छ’, अमृत आफ्नो अनुभूति सुनाउँदै भन्छन् ।

सैँबु हो खास नाम । नयाँ सहर, बस्ती बनेपछि भैसीपाटीले बढी चिनिन्छ । ‘मल्लकालमा पाल्पाबाट आएको रहेछ हाम्रो पुर्खा । मगर र खड्कालाई सँगै ल्याइएको रहेछ यहाँ । नैकाप र भैसीपाटीमा मगर र खड्काको टोल नै छ’, इतिहास अध्ययनको निष्कर्षमा अमृत सुनाउँछन् ।

केही दिनअघि निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीसँग इतिहास बारे गरिएको छलफललाई अमृत स्मरण गर्छन् । ‘अथाह ज्ञानका भण्डार सत्यमोहन जोशी हुनुहुन्थ्यो । उहाँलाई हामी कहाँबाट कसरी आएऔँ भन्ने सबै जानकारी थियो । मेरो धेरै पटक छलफल भएको थियो । उहाँ अहिले हामीबिच हुनुहुन्न । अध्ययन र जानकार भएका अरू भेट्न मुस्किल पर्छ’, अमृत भन्छन् ।

सैंबुको रैथाने यि खड्काको बाल्यकालदेखि अहिले भैसीपाटीसम्म आइपुग्दा अनेक उतारचढाव भोगे । आफ्नो काम गर्ने शैलीप्रति आफै प्रश्न गर्छन् उनी । अमृत भन्छन्–‘मैले अलिक परसम्म अर्थात् दुर दृष्टिसहितको काम गर्ने बानी छ । तर, यहाँ सबैलाई भर्खरको भर्खरै परिणाम खोज्ने चलनले गर्दा कही मै गलत हूँ कि भनेर आफैँप्रति प्रश्न गर्छु ।’

 राजनीतिक सफरः

२०४६ को जन आन्दोलने झ्याप्पै छोप्यो अमृतलाई । आन्दोलनमा घाइते भए । राजनीतिक दर्शनसँग व्यवहारिक पक्ष जोड्न सानैदेखि पोख्त हुन अमृत । २०५४ मा भर्खर २३ वर्ष पुग्दै थिए । २०५४ स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) देशै छोपेको थियो । त्यही बेला उनी पाटनदेखि पारी, खोकनादेखि वर सैंबु गाविस अर्थात् भैसीपाटीको अध्यक्ष पदमा निर्वाचित भए ।

जिल्ला विकास समिति एमालेले जित्यो । यतिखेर सुन्दर, शान्त र ‘भिआइपी’हरुको हब बनेको भैसीपाटी सहरमा बस्ती बसाउने काम भयो ।समाज सेवा, राजनीतिक यात्रा निरन्तर तर, ‘लो प्रोफाइल’बाट काम गर्न रुचाउने अमृत २२ वर्षपछि फेरि जनताबीच उपस्थित भएका छन् ।दुरदृष्टि भएका अमृत लक्ष्यमा पुगेरै छोड्ने स्वभावका छन् ।

आगामी मंसिर ४ गते ललितपुर–३ बाट जन प्रतिनिधि बन्नका लागि अमृत चुनावी मैदानमा छन् । नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका अमृत भन्छन्– ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउन हामी जस्ता ज्ञान भएका र विशेषज्ञ हासिल गरेका युवाहरुलाई पार्टीले अघि सारेको छ । ललितपुर क्षेत्र नम्बर ३ का आम मतदाताले पनि साथ दिनेमा ढुक्क छु ।’

गहिरो अध्ययनसँगै दुर–दृष्टिकोण

अमृत युवा पुस्ताका एक ‘भिजनरत’ व्यक्ति हुन । अध्ययन, अनुसन्धानसँगै व्यवहारिक रूपमा तल भुईँसम्म पुग्ने अमृत यतिखेर ललितपुर क्षेत्र नम्बर–३ का मतदाताको घरदैलोमा छन् । ललितपुर महानगरको २० र गोदावरी नगरपालिका २ गरी २२ वटा वडामा फैलिएको आफ्नो क्षेत्रका मतदाता धेरथोर विषयमा जानकार छन् ।

एक तहको बौद्धिक जमात बस्ने सहरी क्षेत्रमा अमृतको भिजन सुन्न तत्पर छन् । ‘मैले आजलाई होइन भोलीसम्मको भिजन मतदातासँग राखेको छु’, अमृत भन्छन्– ‘गर्न सक्ने र हुन सक्ने भिजन मसँग भएकाले मतदाता असाध्यै खुसी छन् । भोलि नीतिगत फेरबदल गर्ने तहमै पु¥याएर सहरको मुहार फेर्न सक्ने म सहित ३ नम्बर क्षेत्रका प्रदेश ३(१) र ३(२) का उम्मेदवारलाई जिताउनु पर्छ भन्नेमा मतदाता पुगिसके ।’

कृषि, निर्यातमा लामो अनुभव लिएका अमृतसँग अन्तर्राष्ट्रिय क्षेत्रको समेत लामै अनुभव छ । संसारका धेरै मुलुकको आर्थिक, राजनीतिक, भौतिक विकासलाई नजिकबाट नियालेका अमृत अबको नेपाल कस्तो हुने भन्ने भिजन छ । अध्ययन, अनुसन्धानको ज्ञानबाट उकुसमुकुस भएका अमृत अहिले आफ्नो भिजन जनता समक्ष राख्दा जिउ हल्का भएको अनुभूति गरिरहेका छन् । उनी भन्छ अहिलेको मेरो भिजन मेरो क्षेत्रमा कार्यान्वयन गर्नेछु ।

‘व्यवस्थित सहर, कला, संस्कृति, धर्म, भाषा, रोजगारी, व्यवसाय सम्बन्धी धेरै अध्ययन गरेको छु । यो कहाँ लगेर बिसाउने होला भन्ने हिजोको दिनमा उकुसमुकुस हुन्थ्यो । अहिले मेरो विज्ञता र भिजन क्षेत्र नम्बर ३ का जनतासँग राख्न पाउँदा जिउ हलुङ्गो भएको अनुभव भइराखेको छ’, अमृत भन्छन् ।

अन्तर्राष्ट्रिय बजारमा भेडाको ऊनबाट बनेका बस्तुहरू निर्यातमा अग्र पन्थीमा रहेका खड्का हरेक जनताको दुःख, सुखका साथी हुन । तर, आफ्नो प्रचार गर्न चाहँदैनन् । मुलुक चिनाउने हस्तकला, प्रस्तर धातुकला थाङका हो भन्ने ठम्याइमा छन् उनी । ‘हस्तकला मूल कालिगड भएको हो मेरो क्षेत्र । यहाँ उत्पादन भएका हस्तकलाले अन्तर्राष्ट्रिय बजारमा एकक्षत्र छ । तर, व्यवस्थित हुन सकेको छैन । अबका दिनमा योजनासहित यसलाई व्यवस्थित गर्दै छु’, अमृत आफ्नो योजना सुनाउँदै भन्छन् ।

नीति, ऐन, कानुनका कारण हस्तकला, वास्तुकलाहरू लोप हुँदै गएको उनको चिन्ता छ । ‘जंगलमा काठ कुहिएको छ, यता हस्तकलाका लागि काठ छैन । ढुंगा त्यत्तिकै खेर गएको छ, यता धातुकलाको लागि मूर्ति बनाउन पाएको छैन । यो नीतिलाई बदलेर आर्थिक समृद्धका लागि काठ, ढुंगा सहज बनाउनु पर्छ’, उनले भने। जनसङ्ख्याको आधारमा व्यवस्थित सहर, जनमुखी शिक्षा, समुदायमा आधारित सरकारी अस्पतालको योजना सुनाउँछन् उनी ।

पार्टीका लागि आफूले दिने सुझाव, सल्लाह सम्पत्तिका रूपमा रहने उनको भनाई छ । ‘अहिलेसम्मको अध्ययन, अनुसन्धान र मैले व्यवहारिक रूपमा गरेको कामले गर्न सकिन्छ भन्ने आँटमा म मा छ’, किसान बन्दाको अनुभव सुनाउँदै अमृत भन्छन्– ‘खेती किसान गर्ने मान्छे निजी गाडी चढ्न सक्दैनन् । तर, मेरो भिजनले सबैलाई निजी गाडी चढ्ने बनाउँछु भन्ने हो ।’