एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित जिल्ला कमिटी एमालेमा प्रवेश

0
Shares

सुर्खेत ।

नेकपा एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमालेमा समाहित हुने भएको छ । जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटी एमाले प्रवेश गर्न लागेको एमाले जुम्ला इन्चार्ज रतननाथ योगीले जानकारी दिए ।

योगीका अनुसार आज पत्रकार सम्मेलनमार्फत पार्टी प्रवेशको आधिकारिक जानकारी गराइनेछ । भोलि औपचारिक रुपमा पार्टी प्रवेशको कार्यक्रम रहेको उनले बताए ।

न्यौपानेको एमाले प्रवेश गर्ने खबरले एकीकृत समाजवादी जुम्लामा हंगामा मच्चिएको छ । उनको प्रवेशले तीन हजार बढी मत एमालेमा बढ्ने इन्चार्ज योगीको दाबी छ । जुम्लामा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट प्रदेशसभा १ मा पदमबहादुर रोकाय उम्मेदवार छन् ।