अबको पाँच वर्षमा उत्तर–दक्षिण सडक निर्माण गर्छौँ : पूर्व मन्त्री आले

0
Shares

डोटी  ।

पुर्व मन्त्री तथा डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले अबको पाँच वर्षको कार्यकालमा उत्तर–दक्षिण जोड्ने सडक निर्माण गर्ने बताउनु भएको छ । डोटीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै धनगढी–खुटिया–दिपायल–सायल–बझाङ चैनपुर–उरैसडक कालोपत्रे सडक निमार्ण गरी उत्तर–दक्षिण सडक निमार्ण गर्ने बताउनु भएको हो ।

२०७० मा संविधान सभा सदस्य र २०७४मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका पूर्व मन्त्री आलेले आफूले जिते भारतसँग सिमाना जोडिएको कैलालीको धनगढी–खुटिया डोटीको दिपायल–सायल हुँदै बझाङ चैनपुर–उरै चीनको सिमानासम्म सडक निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आलेले भन्नुभयो, ‘अब हामीले भारत र चीनलाई जोडेर व्यापार तथा पर्यटन क्षेत्रको विकास गर्नुछ, आर्थिक रूपमा उदयमान दुई मुलुकसँग सडक सम्पर्क जोडेर हाम्रो क्षेत्र र देशकै आर्थिक उन्नति गर्न आवश्यक छ । त्यसैले अबको पाँच वर्षमा म उत्तर–दक्षिण सडक जोड्छु डोटेली जनतासँग मेरो प्रतिबद्धता हो ।’

डोटेली जनताले दई पटक गरेको विश्वासलाई जनताको पक्षमा डोटीको विकासका लागि काम गरेको हुँदा डोटेली जनताले फेरी पनि विश्वास गर्नेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले थप भन्नुभयो, ‘मैले गर्नु पर्ने काम गरेको छु अब केही काम अधुरा छन् त्यो पुरा गर्नका लागी प्रतिनिधि सभामा जान्छु ।’

निर्माणाधीन कैलाली–डोटी जोडने फास्टट्रयाकलाई स्तर उन्नति गरी उत्तर–दक्षिण जोड्ने बताउनु भएको हो । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका पूर्व मन्त्री आलेसँग संघमा एमाले नेतृ गौरी ओली प्रतिश्पर्धामा हुनु हुन्छ ।