प्रदेशसभाका उम्मेदवार कृष्ण धिताल घरदैलो अभियानमा, मतदाता उत्साही



गोरखा । वाम लोकतान्त्रिक गठबन्धनका साझा तथा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यका उम्मेदवार कृष्ण धिताल मतदाताको घरदैलो अभियानमा व्यस्त भएका छन् । निर्वाचन आयोगले बिहीबारदेखि राजनीतिक दलका उम्मेदवारलाई प्रचारप्रसार तथा घरदैलो अभियान गर्न दिएसँगै धिताल मतदाताको घरदैलो अभियानमा व्यस्त भएका हुन् ।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर १ (क)का उम्मेदवार कृष्ण धिताल मतदाताको घरदैलोमै पुगेर भोट माग्न व्यस्त छन् । आज (आइतबार) घरदैलो अभियानकै क्रममा गोरखा नगरपालिका–३ को टोलटोलमा पुगेर मतदाता रिझाउँदै मत माग्न व्यस्त भएका हुन् ।

धिताल मतदाताको घरदैलोमा पुगेपछि उहाँहरू उत्साही भएको प्रतिक्रिया दिए । विगतका वर्षहरुमा गोरखाली जनताका सारथी बन्दै आएका उनी यसपटक प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् ।

पाँच दलीय गठबन्धनको साझा उम्मेदार धितालले भने, ‘यहाँका जनताले आफूलाई निर्वाचित गराएमा उहाँहरुको साथमै रहेर विकास निर्माणका कार्य गर्नेछु, यहाँका जनतालाई निराश हुन दिने छैन । गोरखाकाका बासिन्दाको साझा समस्याहरु सडक, खानेपानी, यातायाता लगायतका भौतिक पुर्वाधारको समस्या हल गर्न हरदम कोसिस गर्नेछु ।’

घरदैलो कार्यक्रममा माओवादी केन्द्रका सदस्य परशुराम रम्तेल, नेपाली कांग्रेसकी नेत्री तथा गोरखा नगरपालिकाका पूर्वउपमेयर बिना कुमारी श्रेष्ठ र भूगोल थापाले धितालको घरदैलो कार्यक्रममा सघाइरहेका छन् भने उनीहरु सबैले आफ्नो पक्षमा भोट गर्न अपिल गर्दै आएका छन् ।

गोरखा निर्वाचन क्षेत्र नम्बर–१ (क)का उम्मेदवार कृष्ण धिताल नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्य तथा गोरखा जिल्लाका पूर्व ईन्चार्ज हुन् ।

प्रतिक्रिया दिनुहोस्