धुलिखेल अस्पतालमा ३ दिने दोस्रो गाईनोकोलोजि सम्मेलन सम्पन्न

0
Shares

काठमाडौं ।

नेपालमा अष्ट्रिया, जर्मन, भारत र नेपालका युरोलोलिसँग सम्बन्धित विशेषज्ञहरुको सहभागितामा ३ दिने युरोलोजिकल सम्मेलन धुलिखेल अस्पतालमा सम्पन्न भयो ।

 

नेपाल स्थित अस्ट्रेलियन राजदूत फेबिसिट भोल्कले उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा जर्मनका विशेषज्ञहरू प्रत्यक्ष संलग्न हुनुका साथै जर्मनबाटै जुमबाट समेत प्रस्तुति गरिएको कार्यक्रम अत्यन्तै उपयोगी र व्यवहारिक रहेको सहभागीहरुले व्यक्त गरेका छन् ।

महिलाहरुको बच्चा जन्मिएपछि तथा महिनावारी रोकिएपछि धेरैमा हाच्छिउँ गर्दा, खोक्दा पिसाब चुहिने समस्यालाई सामान्य हो भन्न नहुने बिहीबार देखि शनिवार सम्म सञ्चालन भएको ३ दिने सम्मेलनको मुख्य एजेन्डा रहेको थियो ।

सम्मेलनको उद्घाटन गर्दै राजदूत भोल्कले धुलिखेल अस्पतालले आयोजना गरेको युरोलोजिकल सम्मेलनले आमा र महिला तथा बालिकाहरूको स्वास्थ्यका विषयमा सहजीकरण गर्न सफल हुनेछ भन्नुभयो । उहाँले नेपालमा मात्र नभै अस्ट्रेलिया लगायत विश्वमानै महिलाको स्वास्थ्य समस्याका बारेमा छलफल तथा सम्मेलनले निकास दिने छ भन्ने आफूले विश्वास लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो—मेरो आमाको पनि पिसाब चुहिने समस्या थियो तर उहाँले ढिलोभरि चिकित्सकलाई देखाउँदा उपचार पनि धेरै ढिलो भयो । मेरो पनि खोक्दा वा हाच्छिउँ गर्दा पिसाब चुहिने समस्या छ म छिट्टै उपचार गराउँछु तपाईँहरूले पनि पिसाब चुहिने समस्यालाई नलुकाउनुस भन्नकै लागि तिन दिने सम्मेलनले स्वास्थ्यकर्मीलाई नै थप औसला र जनचेतना मिलोस् भन्ने उद्देश्यले अष्टे«लियन दूतावासले सपोर्ट गरेको छ ।

राजदूत भोल्कले अस्ट्रेलियन दूतावास मार्फत एड्रा नेपाल र एमएसआई नेपालसँग महिला स्वास्थ्य, शिक्षा, जनचेतनाका क्षेत्रमा सहकार्य गर्दै आएको र धुलिखेल अस्पतालसँग पनि सहकार्य गरेको जानकारी गराउनुभयो । उहाँले यो सम्मेलनले महिलाको गाईनोकोलोजी सम्बन्धी विषयमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास लिएकोछु भन्नुभयो । महिलाका यौन शिक्षा तथा स्वास्थ्य समस्याका चुनौतीपूर्ण बिषयलाई सम्मेलनको छलफलले सहज र सरल तरिकाले स्वास्थ्य संस्थामा पुग्ने निकास निकाल्न सकोस् भन्नुभयो ।

सोही अवसरमा जर्मन नेपाली एसोसिएसनका उपाध्यक्ष रिचार्ज स्तोकिनमायरले यस्ता सम्मेलनले महिला स्वास्थ्यका समस्यालाई सहज बनाउने निकास दिन सक्नुपर्छ भन्नुभयो ।सोही अवसरमा धुलिखेल अस्पतालका संस्थापक तथा काठमाडौँ विश्व विद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. रामकण्ठ माकजुले धुलिखेल अस्पतालले गाईनो सम्मेलन गरेर आमाको महत्त्वलाई उजागर पार्ने र आमा बिरामी परे भने परिवारै बिरामी पर्छन । आमाको स्वास्थ्यमा ध्यान दिन सक्यो भने एउटा परिवार मात्र हैन समाज र देशमानै आर्थिक विकासमा टेवा पुग्छ भन्नुभयो ।

महिला स्वास्थ्यका विषयमा अध्ययन अनुसन्धान गरी ठोस निष्कष निकाली कार्यान्वयनमा ल्याउनुनै महिला स्वास्थ्य सुधारको मूल आधार बन्ने पनि उहाँले औँल्याउनुभयो । गाईनोकोलोलीको समस्या र चुनौतीका विषयमा युवा पुस्तालाई जानकारी गराउन स्वास्थ्य शिक्षाका माध्यमबाट ज्ञान दिने उद्देश्यले धुलिखेल अस्पतालमा अधिकांश युवाहरूको सहभागिता गराएको पनि उहाँले औँल्याउनुभयो ।

उहाँले कोभिडले विश्वकै स्वास्थ्य सेवामा पुर्‍याएको क्षतिमा पनि स्वास्थ्यकर्मीहरुले जीवन जोखिममा पारेर सेवा दिन पछि परेनन् । अहिले कोभिड १९ अलि कम भएको अवस्थामा आयोजित यो सम्मेलनले गुणस्तरीय स्वास्थ्य र शिक्षामा थप सेतुको काम गर्न सकोस् भन्ने अपेक्षा सहित सम्मेलनको सफल भएको बताउनुभयो । सोही अवसरमा उहाँले राजदूत लगायत उच्च पदस्त व्यक्तिहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ विश्व विद्यालय धुलिखेल अस्पतालका वरिष्ठ गाईनोकोलोजिष्ट डा. आभा श्रेष्ठले अष्टे«लियन राजदूत भोल्क र जर्मन नेपाली हेल्थ एसोसिएसनका उपाध्यक्ष डा.रिचार्डको परिचय गराउनुका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा गाईनोकोलोजिष्ट डा.सुमनराज ताम्राकारले गाईनो विभाग स्वास्थ्यको प्राथमिकतामा नपर्ने विभागका रूपमा हेरिँदै आएकोमा धुलिखेल अस्पतालले यसलाई प्राथमिकतामा राखी ३ दिने दोस्रो सम्मेलन गर्नुले उत्साहजनक काम गर्न अझ हौसाएको छ भन्दै सहभागी तथा स्रोत व्यक्तिहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

सोही अवसरमा काठमाडौँ विश्व विद्यालयका वरिष्ठ गाइनोकोलोजिष्ट डा.सुनिला शाक्यले कार्यपत्र प्रस्तोता चिकित्सकहरूलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा काठमाडौँ विश्व विद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन. डा. राजेन्द्र काजू, प्रा.डा. रामकण्ठ माकजू लगायतले सहभागी प्रमुख अतिथी तथा विशेष अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।