प्रतिबद्धता पूरा नगरे जनताको कठघरामा उभिने : नेता भुसाल



बुटवल । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने बताउनु भयो् । शनिबार देवदहमा आयोजित ‘स्रष्टासँग घनश्याम भुसाल’ कार्यक्रममा बोल्दै उहाँले केवल चुनाव जित्नका लागि मात्र आफूले आश्वाशन नदिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नु भयो, मैले अनावश्यक र भ्रमपूर्ण आश्वासन बाँड्ने गरेको छैन्, गर्न सक्ने प्रतिबद्धताहरु सार्वजनिक गरिरहेको छु, ती प्रतिबद्धता पुरा नगरे जनताको कठघरामा उभिन तयार छु ।

स्रष्टाहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै भुसालले निकै लामो संघर्ष गरेर नेकपा (एमाले) पार्टीलाई जनताको प्यारो पार्टी बनाएको तर संसद् र सरकारमा जनताको मुद्दा उठाउँदा एमाले नेतृत्वले उल्टै अपमान गरेको गुनासो गनुु भयो । उहाँले हिजो पार्टीगत रूपमा केही अफ्ठ्याराहरू थिए तर अब म स्वतन्त्र छु र मेरो वास्तविक परीक्षा अब सुरु भएको छ ।

नेपाली कला, साहित्य र लेखनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले नेताहरूमा सही सांस्कृतिक चिन्तन आवश्यक रहेको तर्क गर्नु भयो । पछिल्लो समय नेपाली राजनीति खराब लयमा गुज्रिरहनुमा समेत नेताहरूको समाज र संस्कृतिलाई बुझ्ने सवालमा रहेका समस्या कारक रहेको बताउँदै उहाँले बताउनु भयो ।

स्रष्टाहरुको जिज्ञासामा भुसालले विगतमा आफू संसदमा रहंदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टी भित्रको गलत प्रवृत्तिविरुद्ध निर्धक्कका साथ आवाज उठाएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्