युवा नेत्र सेवाद्वारा ४३ जनाको निःशुल्क शल्यक्रिया

0
Shares

काठमाडौं । तीन दशक अगाडि स्थापना गरेको युवा नेत्र सेवाले “एक कप चिया” दान अभियान शुरु गरिएको थियो । यसै अभियानबाट उठेको चन्दाबाट युवा नेत्र सेवाले ४३ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ ।

२६औँ निःशुल्क आँखा शिविर कीर्तिपुरको नगरमण्डप श्री कीर्ति विहारमा शनिबार देशका विभिन्न ढाडगाउँ, जहसीपौवा, कात्तिके, देउपुर, बलम्बु, धर्मस्थली, कीर्तिपुर र काठमाडौंबाट आएका बिरामीहरुलाई मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।

सो शल्यक्रियामा प्रमुख अतिथि मित्रराष्ट्र जापानका राजदूतावासका प्रतिनिधि डा. नाओको सिकागो उपस्थिति रहेको थियो । मोतिविन्दुका बिरामीहरु निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएकोमा खुसी देखिएका छन् ।

सो कार्यक्रम युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रंजितको अध्यक्षतामा सम्पन्न भएको छ ।