स्वतन्त्र नागरिक समूहले शान्तिपूर्ण आन्दोलनमार्फत निर्वाचन बहिष्कार गर्ने



बुटवल । स्वतन्त्र नागरिक समूहले नेपालले आगामी मंसिर ४ मा हुने निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएको छ ।

अहिले जारी भएको संविधान नै गलत भएको भन्दै नयाँ संविधान जारी गर्न मागसहित समुहले शान्तिपूर्ण आन्दोलनको रुपमा निर्वाचन बहिस्कार गर्ने शनिबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरि घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा समूहका अध्यक्ष विश्वराज गैरेले गलत बाटोबाट ल्याइएको धर्मनिरपेक्षाता र आवश्यकता नभएको संघीयता तथा एमसीसी परियोजना देशको राष्ट्रियता र स्वाधीनता माथीको कलंक भएको भन्दै आसन्न प्रतिनीधी सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्