तपाईँको जीवनको सिद्धान्त के हो ?

14
Shares

हामीलाई यो मानिसको जीवन प्राप्त भएको छ । तथापि, हामी यो जीवनमा के गर्छौँ ! मानिस त सबै कुरा जान्न चाहन्छ– चन्द्रमामा के छ ! समुद्रको सतहमा के छ ! तर, ‘ऊ को हो’ यो कुराका बारेमा जान्ने चाहना राख्दैन । यस कुरामा उसलाई केही वास्ता हुँदैन । कतिपय मानिसलाई जे सुनाइएको हुन्छ त्यही कुरामा उसको पूरै जीवन, सम्पूर्ण सोच आधारित हुन्छ ।
बालबालिका विद्यालयमा गएपछि शिक्षकले उनीहरूलाई पढाउँछन्– ‘एक, दुई, तीन, चार ।’

बालबालिकाले पढ्छन् तर उनीहरूले कहिल्यै यसो भन्न सक्दैनन्– ‘एक किन भन्ने ?’ यदि बच्चाले यस्तो प्रश्न ग¥यो भने उसले दण्ड भोग्नुपर्ने हुन्छ । यो संसारको ज्ञान हो । तथापि, जब कुरा आउँछ, ‘यो मेरो जीवन हो । यो जीवन मलाई प्राप्त भएको छ । जुन श्वास मभित्र आइरहेको छ त्यो मेरो श्वास हो । जुन समयमा म जन्मेको थिएँ त्यतिखेर ममा श्वास आउनु अत्यावश्यक थियो । यदि नआउँदो हो त म जीवित हुन सक्ने अवस्था रहँदैन थियो ।’ तब यो कुरा यस संसारको रहँदैन । यो कुरा त निजी कुरा हुन्छ ।

जुन यो जीवन मलाई प्राप्त भएको छ, के म यो जीवनलाई पहिचान गर्न सक्छु– यो कस्तो देन हो, मलाई के प्राप्त भएको छ ! या जे–जे संस्कार मानिसहरूले मलाई सिकाएका छन्– मेरो सोच तिनैमा आधारित हुन्छ ! हामीलाई मानिसको शरीर प्राप्त भएको छ । सोच्ने अनि बुझ्ने शक्ति पनि प्राप्त भएको छ तर के बुझेका छौँ ? तथापि, एक न एक दिन मानिसको जीवनमा यस्तो समय पनि आउनुपर्छ– मानिस स्वयंले यस कुरालाई बोध गरोस्: ‘होइन, म केवल मान्न चाहन्न, म त जान्न चाहन्छु । आखिर यो सबै कुरा के हो ? यदि वास्तवमा यो श्वासको आउनु–जानु नै सबैभन्दा ठूलो आशीर्वाद हो भने म यो आशीर्वादलाई बुझ्न चाहन्छु । म त हरेक क्षण मलाई प्राप्त भइरहेको चीजको मूल्यका बारेमा जान्न चाहन्छु ।’

कसैले भन्दा हुन्, ‘धेरै धन प्राप्त भएपछि प्रगति हुुन्छ ।’ तथापि, यो धनलाई कसले आपूmसँग लिएर जाला त ! यो कस्तो प्रगति भयो ? कसले आफ्नो साथमा लिएर आएको थियो अनि कसले आफ्नो साथमै बोकेर जान्छ र ? जबसम्म हामी यो संसारमा छौँ, यो संसारकै नियमको बन्धनभित्र हुन्छौँ तबसम्म यो क्रम चलिरहन्छ । तथापि, जब फेरि त्यो कानुनको परिधिभित्र जानेछौँ, जहाँबाट तपाईँ आउनुभएको थियो, त्यस कानुनमा यी कुराहरू लागू हुँदैनन् । एउटा त यो संसारको नियम छ । अर्को त्यो नियम छ जसले तपाईँलाई बनाए । जसले तपाईँलाई यो श्वास दिएका छन् अनि जहाँ तपाईँ फेरि फर्केर जानुपर्नेछ । तपाईँ कुन कानुनको कदर गर्नुहुन्छ– त्यो कानुनको या यो कानुनको !

अन्तिम समय आएपछि मानिसलाई डर लाग्छ । तर, कुन कुराको समाप्ति हुनेछ ? जुन तपाईँभित्र अविनाशी छन् उनको त नाश हुनै सक्दैन ! यदि उनको नाश भयो भने उनी कसरी अविनाशी हुन सक्छन् ! उनको कहिल्यै पनि नाश हुँदैन । यो शरीर ६ वटा पदार्थबाट बनेको हुन्छ ः क्याल्सियम, अक्सिजन, नाइट्रोजन, फस्फोरस, कार्बन र हाइड्रोजन । अनि, यो शरीरले फेरि तिनै पदार्थमा गएर मिसिनुपर्छ । फेरि तिनै पदार्थबाट केही अर्कै निर्माण हुनेछ ।

तपाईँ महसुस गर्न सक्नुहुन्छ– दुःख अनि सुख पनि । यदि सामुन्नेमा कुनै दुःख दिने प्रकृतिको चीजलाई राखिएको छ भने कस्तो महसुस गर्नुहुन्छ । दुःख नै महसुस गर्नुहुन्छ । यदि आपूmअघि कुनै यस्तो चीज छ जुन सुख प्रदान गर्ने प्रकृतिको होओस् तब कस्तो अनुभूत गर्नुहुन्छ । सुख नै महसुस गर्नुहुन्छ । यसर्थ तपाईँले आफ्नो जीवनमा केही यस्तो प्रबन्ध गर्नुभएको छ जसद्वारा सुख दिने चीज अघि होओस् अनि दुःख दिने चीज टाढा होओस् ! हरेक दिन यसको प्रबन्ध गर्नुपर्दछ ।

सुख के हो ? संसारलाई हेर्ने हो भने सुखको अर्थ छुट्टी मनाउनु, नाम कमाउनु, प्रख्यात हुनुु हो तर त्यो सुख होइन । यदि वास्तविक सुख त्यो होइन भने वास्तविक सुखको अनुभव कसरी गर्नुहुन्छ ? यदि वास्तविक सुखको प्रबन्ध गर्नुभएन भने दुःख त आउनेछ नै । एउटा दुःख त्यो हो जसमा तपाईँका मनका चाहनाहरू पूरा हुँदैनन् । जब तपाईँ सानो हुनुहुन्थ्यो तपाईँ खेलौना नपाएका कारणले दुःखी हुनुहुन्थ्यो । अनि, तपाईँ सत्तरी वर्षको भएपछि तपाईँको खेलौना बदलियो, तथापि खेलौनासँग तपाईँको अभैm पनि मोह छ ।

सृष्टिकर्ताको आशीर्वाद प्राप्त भएका कारणले हामी जीवित छौँ । यसको कुनै अर्थ रहन्छ । यो कुरालाई बुझिरहेका छैनौँ । हामी अन्य कुराहरूमा अल्झिरहन्छौँ– ‘तिमीले यस्तो गर्नुपर्छ । तिमीले उस्तो गर्नुपर्छ अनि यसो ग¥यौ भने तिमीले जागिर प्राप्त गर्नेछौ । यदि जागिर प्राप्त भयो भने तिमीले यसो गर्न सक्छौ ।’ मानिसहरू पढ्छन्, लेख्छन् अनि जब जागिर खाने समय हुन्छ तब उनीहरू जागिर खान चाहन्छन् ।

किनभने, मानिसका आफ्नै सपना हुन्छन् । मानिस आफ्ना सपनालाई पूरा गर्न चाहन्छ । आफ्नो सपनालाई पूरा गर्नका लागि उसलाई पैसाको आवश्यकता पर्दछ । यसर्थ उसले जागिरको खोजी गर्नुपर्ने हुन्छ । आफ्नो सपनालाई पूरा गर्नका लागि मानिसहरूले ऋण पनि लिन्छन् । उक्त ऋण तिर्नका लागि अभैm अर्को जागिर खानुपर्ने हुन्छ । यसपश्चात् यस्तो जागिर खान्छन् मानिसहरू जीवनभरि नोकरै भएर बिताउँछन् । तब मात्रै नोकरी छुट्छ जब यो शरीर कुनै कामका लागि योग्य रहँदैन । अनि, आफ्नो कामका लागि योग्य हुने कुरा त भएन नै अरू कसैको कामका लागि पनि उपयोगी रहँदैन । यी सारा नियमलाई मानिसले नै बनाएका हुन् ।कुरा के हो भने, हामीले आफ्नो जीवनमा यताउता ध्यान दिनु राम्रो होइन । ध्यान त्यहाँ लगाऔँ जसले गर्दा हाम्रो जीवनमा आनन्द प्राप्त होओस् ।

एउटा कथा छ । एकजना मानिस थिए । उनी तीर चलाउनमा एकदमै सिपालु थिए । उनी तीर चलाउने कलाको प्रदर्शन गर्ने गर्थे । विभिन्न ठाउँमा गएर प्रदर्शन गर्ने गर्थे । उनले तीरलाई तन्काएर तीर चलाउँदा निसानामै लाग्ने गथ्र्यो । अनि, अर्को तीरले पहिलो तीरलाई समेत चिर्न सक्थे । उनको यस्तो खुबीलाई देखेर मानिसहरू एकदमै ताली बजाउने गर्थे ।

एकदिन एकदमै ठूलो सभामा प्रदर्शन गरिरहेका थिए । मानिसहरू निकै टाढा–टाढाबाट हेर्नका लागि आएका थिए । उनी आफ्नो तीर चलाइरहेका थिए । मानिसहरूले ताली बजाइरहेका थिए । उनले तीर चलाएपछि ताली बजिरहँदा पछाडितिरबाट एउटा आवाज आइरहेको थियो, ‘यो त अभ्यासको खेल हो ।’ जसै उनको कानमा यो आवाज प¥यो, उनलाई एकदमै नराम्रो लाग्यो । किनभने, उनलाई मानिसहरू उनको प्रदर्शन हेर्नका लागि आएका हुन् भन्ने लाग्थ्यो । उनको तीर चलाउने खुबी अत्यन्तै उत्कृष्ट थियो । उनले सोचे, मानिसहरू मेरो प्रदर्शन हेर्नका लागि आएका छन् तर त्यो को बोलिरहेको छ ‘अभ्यासको खेल हो ।’ उनलाई एकदमै नराम्रो लाग्यो ।

प्रदर्शन सकिएपछि ‘यो अभ्यासको खेल हो’ भनिरहने व्यक्ति को हो भनेर उनी खोज्न थाले । पछाडितिर गएपछि उनले एकजना तेल विक्रेता बसिरहेको देखे । उनको काँधमा तेल भरिएको एउटा माटाको भाँडो अगाडि अनि अर्को पछाडि र साथमा केही रित्ता बोतल थिए । तीर चलाउनेवालाले उनलाई सोधे, ‘के तपाईँले नै यो अभ्यासको खेल हो भनेर भनिरहनुभएको थियो ?’
तेल विक्रेताले भने, ‘हो हजुर ।’

तपाईँ यो अभ्यासको खेल हो भनेर कसरी भनिरहनुभएको छ ?’ तीर चलाउनेले भने, ‘मसँग क्षमता छ, त्यसैले त म तीर चलाउन सक्छु ।’ त्यसपछि तेल विक्रेताले भने, ‘पख्नुहोस्, तपाईँलाई म देखाउँछु ।’ अनि तेल विक्रेताले आफ्नो बोतललाई भुइँमा राखे । एउटा ठूलो भाँडोलाई काँधमा राखेर त्यो भाँडामा तेल खन्याउन शुरु गरे । एक थोपा पनि बाहिर नपोखीकन त्यो सबै तेल जमिनमा राखिएको बोतलभित्र प¥यो । त्यसपछि तीर चलाउनेलाई भन्छन्, ‘अब तपाईँ गरेर देखाउनुहोस् ।’ अनि तीर चलाउनेले बुझे, साँच्चै यो त अभ्यासको खेल नै रहेछ ।

तेल विक्रेताले भने, ‘तपाईँ तीर चलाउने अभ्यास गर्नुहुन्छ, त्यसकारण तपाईँ त्यसमै निपुण हुनुभयो । म बोतलमा तेल खन्याउने अभ्यास गर्छु, त्यसले म यसैमा सिपालु छु । यो अभ्यासको महत्त्व हो ।’जसले जे कुरामा अभ्यास गर्छ, ऊ त्यसमै अभ्यस्त हुँदै जान्छ भन्ने कुरा यदि सत्य हो भने म सोध्न चाहन्छु, तपाईँ कुन चीजको अभ्यास गर्नुहुन्छ ? किनकि, केही मानिसहरू आफ्नो केही समयलाई रिस गर्नमै बिताइदिन्छन् ।

घरमा आफ्ना परिवार, साथीहरूसँग बहसबाजी, अफिसमा हाकिमको गाली, यस्ता खालका दैनिक कुराहरूले उसलाई रिसाहा बनाइदिन्छ । तर, वास्तविक समस्या के हो भने, यदि तपाईँ हरेक दिन रिसाउने अभ्यास गरिरहनुहुन्छ भने तपाईँ त्यसमै अभ्यस्त बन्नुहुन्छ । जे–जति कार्य तपाईँ हरेक दिन गरिरहनुहुन्छ, तपाईँ त्यसमै सिपालु बन्नुहुन्छ । यदि तपाईँले विवेकशील हुने अभ्यास गर्नुभयो भने तपाईँ विवेकशील हुनमै कुशल बन्नुहुन्छ ।

ठीक यसरी नै हरेक दिन रिसाउने अभ्यास गर्नुभयो भने तपाईँको प्रकृति नै रिसाउने खालको हुनेछ । यदि हामी आफ्नो समयलाई सोच–विचार नगरी व्यतीत गर्न थाल्यौँ भने हाम्रो स्वभाव त्यस्तै बन्नेछ । तसर्थ, सोच्नुहोस्, विचार गर्नुहोस् ! तपाईँ आफ्नो जीवनमा कुन कुरामा निपुण हुन चाहनुहुन्छ ?

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)