प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

0
Shares

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले महोत्तरीको बर्दिबासस्थित श्री मध्य पूर्वी पृतना हेडक्वाटर तथा बाराको जितपुरस्थित श्री नंम्बर २८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको दौरान उहाँले उक्त पृतना हेडक्वाटरको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजना तथा बाहिनी अड्डाको वस्तुस्थितिका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनु भएको थियो ।

निरीक्षणकै क्रममा प्रधान सेनापति शर्माले उक्त पृतना तथा बाहिनी अड्डाका सकल दर्जालाई सम्बोधन गर्नु भएको थियो ।