सुनको लेपन गरिएको कार्टुनसहित एक जना भारतीय नागरिक पक्राउ

0
Shares

कठमाडौं । सुनको लेपन गरिएको कार्टुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मलद्वारमा लुकाएर ल्याएको सेतो रंगको प्लाष्टिकभित्र सुनले लेपन गरिएको कार्टुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

एक साता पहिले नेपाल एयरलाइन्सको उडानद्वारा दुबैबाट काठमाडौं आएको ३९ वर्षीय भारतीय नागरिक मोहम्मद कासिमलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कासिमले साथमा ल्याएको शंकास्पद वस्तु च्यातेर चेकजाँच गर्दा सुनको लेपन लगाएको पहेँलो रंगको अन्दाजी २ केजी ३ सय ५० ग्राम धातुसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

त्यस्तै उनलाई शौच गर्न लगाएर मलद्वारबाट टेपले बेरिएको सेतो रंगको प्लाष्टिकभित्र सुन जस्तो पहेँलो धातु फेला परेको छ ।

बेलनाकार बनाइएको अर्धठोस पदार्थ २ पोका तीन सय ३१ ग्राम अवैध रुपमा लुकाइ भन्सार छली ल्याएकोले आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएकोमा कासिमले लिई आएको कार्टुन र अर्धठोस पदार्थ २ थान नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा परीक्षण गर्दा २ केजी. ३५० ग्राम कार्टुनलाई गलाएपछी आएको सुनको तौल ४२९.८२० ग्राम र निजले मलद्वारमा लुकाई लिई आएको ३३१ ग्राम (प्लाष्‍टिक सहित) लाई गलाएपछी आएको सुनको तौल २५०.८५० ग्राम गरी जम्मा सुनको कुल तौल ६८०.६७० ग्राम रहेको खुल्न आएको ।