रुपन्देहीमा दुई किशोरीको अपहरण गरी सामूहिक बलात्कार, नौ जना पक्राउ

0
Shares

बुटवल । दुई जना किशोरीलाई अपहरण गरी सामूहिक जवर्जस्ती करणीमा संलग्न नौ जनालाई रुरपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा भएको साँस्कृतिक कार्यक्रम हेरी दाजुहरुसँगै रातको सवा एक बजेको समयमा घर फर्कने क्रममा मोटरसाईकलमा आएका १२÷१३ जनाको समूहले दुई किशोरीलाई जवर्जस्ती करणी गरेको प्रहरीको दावी छ ।

जवर्जस्ती करणीको अभियोगमा पक्राउ पर्नेहरुमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ११ वनकट्टी वस्ने १९ वर्षीय पदम कार्की, १६ वर्षीय परिवर्तित नाम एन टी, रुपन्देही गैँडहवा गाँउपालिका वडा नं ८ मैनिया दुर्गामन्दिर वस्ने १८ वर्षीय राहुल परियार, बर्ष १७ को परिवर्तित नाम पि एम, सैनामैना नगरपालिका वडा नं ११ वनकट्टी वस्ने वर्ष १८ को बबि पाण्डे, वर्ष १५ को परिवर्तित नाम एस बि, गैँडहवा गाँउपालिका वडा नं ८ मैनिया दुर्गामन्दिर वस्ने वर्ष २६ को राम बहादुर वि।क वर्ष १६ को परिवर्तित नाम ए पस र वर्ष १४ को परिवर्तित नाम एस एस रहेका छन् ।

प्रहरीका अनुसार पिछा गर्दै आएका व्यक्तिहरुले मोटरसाईकल तेस्र्याई बाटो छेकी घरेलु धारिलो हतियार देखाई पीडित बालिकासँगै रहेका मानिसहरुलाई शारीरिक आक्रमण गरी १५ बर्षिया र १६ वर्षिया नाबालिकहरुलाई तीनवटा मोटरसाईकलमा अपहरण गरी लगेका थिए । ती मध्ये ६ जनाले १६ बर्षिया नाबालिकलाई कञ्चन गाउँपालिका २ स्थित गोफ्लापुर स्थितको कुडियाखोला स्थितको कञ्चन खोलाको एकान्त किनार बगरमा लगी पालैपालो जवर्जस्ती करणी गरेका थिए ।

त्यसक्रममा नाबालिक चिच्याएपछि गाउँलेहरुले थाहा पाई प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोली राति साढे १ बजे नै घटनास्थलमा पुगेको थियो । त्यसक्रममा ६ जना व्यक्तिहरु पीडितलाई सोही स्थानमा छाडी भागेका थिए भने पीडित नाबालिकाको तत्काल उद्दार गरी प्रहरीले संरक्षणमा लिएको थियो ।

धारिलो हतियारले आक्रमण गर्दा पीडित नाबालिकाका दाजुहरु समेत घाईते भएका थिए । एकै ठाउँबाट अपहरणमा परेका बालिका मध्ये एकजना मात्र बालिका फेला परेकोमा अर्की १५ वर्षिया नाबालिक कहाँ छिन भनी तत्काल प्रहरीले खोजतलास गर्दा अपहरणमा परेकी १५ बर्षिया नाबालिकलाई पहिलेको घटनास्थलबाट करिब दुई किलोमिटर उत्तरमा फेला पारेको थियो ।

देउराली सामुदायिक वनको घनाजंगलमा लगी रातको १ः५५ बजेको समयमा सात जनाले पालैपालो जवर्जस्ती करणी गरिरहेको अवस्थामा नाबालिक चिच्याईरहेको सुनेपछि प्रहरी त्यसतर्फ गएको थियो । त्यसक्रममा प्रहरीले पीडित बालिकालाई एक्लै फेला पारी उद्दार गरेको थियो भने घटनामा संलग्न मानिसहरु तत्कालै फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भयो ।

पक्राउ परेका सबैलार्ई अपहरण र करणी कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनु भयो ।