मनाङ र मुस्ताङका लागि हेलिकोप्टरमार्फत मतपत्र ढुवानी



lxdfnL lhNnfdf dtkq n}hfg] tof/L ;’v]{t, !& sflQs M k|ltlglw;ef tyf k|b]z;ef ;b:o lgjf{rgsf nflu ;’v]{t ljdfg:ynl:yt g]kfnL ;]gfsf] Po/ a]; SofDkaf6 lxdfnL lhNnfdf x]lnsK6/dfkm{t dtkq 9’jfgL ul/Fb} . 8f]Nkf,x’Dnf / afh’/fdf g]kfnL ;]gfsf] x]lnsK6/dfkm{t dtkq n}hfg] Joj:yf k|b]z lgjf{rg sfof{non] u/]sf] 5 . tl:a/M ;’/]z cfrfo{÷/f;;

काठमाडौं । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा मतपत्र पु¥याइएको हो ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिनुभयो । “आज साढे आठ बजे प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र आइपुगेको छ । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ”, आचार्यले भन्नुभयो ।

प्रदेशसभा–१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा–२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उहाँले बताउनुभयो ।

गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल छ हजार सात सय ७९ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्