पैसा नबाडी चुनाव जित्नै सकिन्न : सविता महर्जन



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा महिला जिताउ अभियानका साथ संकल्प तथा महिला गैरसरकारी संस्था महासंघको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं ३ मा उम्मेद्धारी दिनुभएकी डा तोसिमा कार्कीको उम्मेद्धारी कायमै रहेको र आफूलाई मतदान गरेर महिला शसक्तिकरणका क्षेत्रमा महिलालाई अघि बढाउँन साथ दिन आग्रह गर्नुभयो ।

निर्वाचन आयोगले यहि कात्तिक १२ गते डा.कार्कीको उमेदवारी खारेज गरेको विषयमा सर्वोच्च अदालतले यहि कात्तिक १५ गते डा.कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश जारी गरि कायम उहाँको उमेदवारी कायम रहेको अवस्था छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । यस विषयमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ समेत माग गरेको छ ।

कार्यक्रममा सहभागी डा.कार्कीले स्वस्थ नेपाली सुखी नेपाली, स्वस्थ राजनीति, स्वस्थ देश हुनका लागि नैतिक, मानसिक रुपमा स्वस्थ, इमान्दार, बेथिति रहितको परिकल्पना गर्दछु । जो स्वस्थ हुन्छ, उस्ले देशको विकास गर्न सक्छ । महिला शक्तिकरणका लागि ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ । तर, दलहरुले ९ प्रतिशत मात्र महिला उमेदवार उठाएको अवस्थामा कसरी महिलाको शशक्तिकरण हुन्छ ?

उहाँले महिला, स्वास्थ्य, युवा, स्वरोजगार र कार्यकारी प्रमुख महिला भएका संस्थामा अनुदानमा पछि पारेर हैन अघि सार्न पहल गर्नेछु । साथै महिला तथा युवा रोजगार तथा उद्यमीका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन लगायतका कला, संस्कृति जगर्ने, सरसफाई, स्वास्थ्य, शिक्षामा जोड दिनेछु भन्नुभयो ।

कार्यक्रममा महिला गैरसरकारी संस्था महासंघका अध्यक्ष शशी अधिकारीले कार्यक्रम माथि प्रकास पार्नुभएको थियाृे । सोही अवसरमा संकल्पका अध्यक्ष संगिता लामाले महिला जिताउ अभियानलाई सफल पार्न महिलालाई अघि बढाउँन अनुरोध गर्नुभयो ।

कार्यक्रममा काठमाडौ महानगरपालिकाका निर्वतमान उपप्रमुख काठमाडौ प्रदेशसभा काठमाडौ ६ क का उमेदवार हरिप्रभा खड्गी श्रेष्ठले राजनीति गर्न पुरुषलाई जस्तो महिलालाई सजिलो छैन । तर पनि युवा शक्तिलाई अघि बढाउने योजनाका साथ उमेदवारी दिएको छु । काठमाडौ महानगरपालिकामा जसरी कार्यक्रम गरे अबका दिनमा पनि काठमाडौंलाई हराभार, शिक्षा, सस्थ्य, रोजगार, खोजेका छन् । त्यसका लागि सहज बनाउँन नीति निमार्णमा लाग्छौ । पुरुष सरह आर्थिक अधिकार सम्पन्न बनाउन लड्नेछु ।

सोही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं २ मा उमेदवारी दिनुभएका सोविता गौतमले युवा पुस्तालाई विदेश पलायन हुनबाट रोक्छु भन्नुभयो ।

ललितपुर ३ बाट लालटिन चिन्ह लिएर स्वतन्त्र उमेदवार एकल महिला भएर उठे तर पैसा बिना चुनाव जित्नै नसक्ने रहेछ । एक भोटका लागि २ हजार देखि ५ हजार सम्म खर्च गरेको देखिरहेको छु । भोटमाग्न जाँदा पैसा माग्ने रहेछन म निरास भएकोछु ।

काठमाडौ ९ बाट गठबन्धनको साझा उमेदवार माओवादी नेतृ कल्पना धमलाले आफु सविधानको रक्षाको लागि चुनावी मैदानमा उत्रिएकोछु र राजनीति आजिवन गर्दिन ६० बर्षको उमेरपछि म राजनीति गर्नेछैन । राजनीतिमा युवाहरुमा आएको नैरास्यलाई आशा जगाउने भूमिका खेल्न मेरो त्याग उदाहरणीय हुनेछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्