वरिष्ठ उपाध्यक्ष पोखरेलका २८ प्रतिबद्धता

0
Shares

काठमाडौं । नेकपा (एमाले)का तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

आगामी मङ्सिर ४ मा हुन लागेको निर्वाचनका लागि पोखरेलले यहाँ आयोजित कार्यक्रममार्फत प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा नेतृत्वदायी र समन्वयकारी भूमिका प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“स्थानीय तहको निर्वाचनमा जारी नेकपा ९एमाले०को घोषणापत्र । प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ”, प्रतिबद्धता पत्रमा भनिएको छ ।

भौतिक संरचना निर्माण गर्दा भिन्नरुपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचना निर्माण गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

एमालेले आगामी निर्वाचनमा प्रदेशसभा (१) मा पार्टीका केन्द्रीय सदस्य नारायण सिलवाल र प्रदेशसभा (२) मा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ ।