कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई दियो ४ टन स्वास्थ्य सामग्री

0
Shares

काठमाडौँ।

कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई कोरोनाबाट ग्रस्त बिरामीको उपचारमा सहयोग पुर्याउन ४ टन अक्सिजन कन्सन्ट्रेटर र एक सय ६४ किलो रेम्डिसिभिर प्रदान गरेको छ ।

बिहीबार सरकारका तर्फबाट कतार राजदूतावासका प्रथम सेक्रेटरी खालिद अब्दुल्लाह अल-इब्राहिमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप अधिकारी ओंम प्रसाद उपाध्याय र फार्मेसी अफिसर मिस समीक्षा थापालाई हस्तान्तरण गर्नु भएको हो।

कतार सरकार तथा कतार फण्ड फर डेभलपमेन्टले यो सहयोगले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा कोभिड-१९ जस्तो महामारीसँग लड्न सहयोग पुर्याउने विश्वास लिएको जनाएको छ।