धुलिखेल अस्पतालमा तीन दिने गाइनोकोलोजी सम्मेलन शुरु, अष्ट्रेलियन राजदूत भोल्कद्वारा उदघाटन

0
Shares

काभ्रे । नेपालमा दोस्रो युरोलोजिकल सम्मेलन धुलिखेल अस्पतालमा नेपालस्थित अष्ट्रेलियन राजदूत फेबिसिट भोल्कले उद्घाटन गर्नुभयो ।

बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने तीन दिने सम्मेलनको उद्घाटन गर्दै राजदूत भोल्कले धुलिखेल अस्पतालले आयोजना गरेको युरोलोजिकल सम्मेलनले आमा र महिला तथा बालिकाहरुको स्वास्थ्यका विषयमा सहजीकरण गर्न सफल हुनेछ भन्नुभयो ।

उहाँले नेपालमा मात्र नभै अष्ट्रेलिय लगायत विश्वमा नै महिलाको स्वास्थ्य समस्याका बारेमा छलफल तथा सम्मेलनले निकास दिने छ भन्ने आफुले विश्वास लिएको बताउँनुभयो । तीन दिने सम्मेलनले ठोस निचोड निकालोस् भन्न उदेश्यले अष्टे«लियन दुतावासले सपोर्ट गरेको जानकारी गराउँनुभयो ।

राजदुत भोल्कले अष्ट्रेलियन दूतावास मार्फत एड्रा नेपाल र एमएसआई नेपालसँग महिला स्वास्थ्य, शिक्षा, जनचेतनाका क्षेत्रमा सहकार्य गर्दै आएको र धुलिखेल अस्पतालसँग पनि सहकार्य गरेको कुरा जानकारी गराउँनुभयो ।

यो सम्मेलनले महिलाको गाइनोकोलोजी सम्बन्धी बिषयमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास लिएको छु भन्नुभयो । महिलाका यौन शिक्षा तथा स्वास्थ्य समस्याका चुनौतीपूर्ण विषयलाई सम्मेलनको छलफलले सहज र सरल तरिकाले स्वास्थ्य संस्थामा पुग्ने निकास निकाल्न सकोस् भन्नुभयो ।

सोही अवसरमा जर्मन नेपाली एशोसियसनका उपाध्यक्ष रिचार्ड स्तोकिनमायरले यस्ता सम्मेलनले महिला स्वास्थ्यका समस्यालाई सहज बनाउने निकास दिन सक्नुपर्छ भन्नुभयो ।

सोही अवसरमा धुलिखेल अस्पतालका संस्थापक तथा काठमाडांै विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. रामकण्ठ माकजुले धुलिखेल अस्पतालले गाइनो सम्मेलन गरेर आमाको महत्वलाई उजागर पार्ने र आमा विरामी परे भने परिवारै बिरामी पर्छन् ।

आमाको स्वास्थ्यमा ध्यान दिन सक्यो भने एउटा परिवार मात्र हैन समाज र देशमा नै आर्थिक विकासमा टेवा पुग्छ भन्नुभयो । महिला स्वास्थ्यका बिषयमा अध्ययन अनुसन्धान गरि ठोस निष्कष निकाली कार्यान्वयनमा ल्याउनुनै महिला स्वास्थ्य सुधारको मूल आधार बन्ने पनि उहाँले औल्याउनु भयो ।

गाइनोकोलोजीको समस्या र चुनौतीका विषयमा युवा पुस्तालाई जानकारी गराउन स्वास्थ्य शिक्षाका माध्यमबाट ज्ञान दिने उदेश्यले धुलिखेल अस्पतालमा अधिकांश युवाहरुको सहभागिता गराएको पनि उहाँले औल्याउनु भयो । उहाँले कोभिडले विश्वकै स्वास्थ्य सेवामा पुर्याएको क्षतिमा पनि स्वास्थ्यकर्मीहरुले जीवन जोखिममा पारेर सेवा दिन पछि परेनन् ।

अहिले कोभिड १९ अलि कम भएको अवस्थामा आयोजित यो सम्मेलनले गुणस्तरिय स्वास्थ्य र शिक्षामा थप सेतुको काम गर्न सकोस् भन्ने अपेक्षासहित सम्मेलनको सफलताको कामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका वरिष्ठ गाईनोकोलोजिष्ट डा. आभा श्रेष्ठले अष्टे«लियन राजदुत भोल्क र जर्मन नेपाली हेल्थ एशोसियसनका उपाध्यक्ष डा.रिचार्डको परिचय गराउनुका साथै कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा गाइनोकोलोजीष्ट डा.सुमनराज ताम्राकारले गाइनो विभाग स्वास्थ्यको प्राथमिकतामा नपर्ने विभागका रुपमा हेरिँदै आएकोमा धुलिखेल अस्पतालले यसलाई प्राथमिकतामा राखी तीन दिने दोस्रो सम्मेलन गर्नुले उत्साहजनक काम गर्न अझ हौसाएको छ, भन्नुभयो ।

कार्यक्रममा काठमाडौ विश्वविद्यालय स्कूल अफ मेडिकल साईन्सका डीन. डा. राजेन्द्र कोजू, प्रा.डा. रामकण्ठ माकजू लगायतले सहभागी प्रमुख अतिथि तथा विशेष अतिथीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।