गुडिरहेको बसको झ्याल बाहिर टाउको निकाल्दा रूखमा ठोक्किएर विद्यार्थीको मृत्यु

0
Shares

काठमाडौं । गुडिरहेको स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर एक जना विद्यार्थीको मृत्यु भएको छ । घर फर्कने क्रममा गाडिको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किएर १३ वर्षीय विद्यार्थी आयुष्मान दाहालको मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित बेष्ट इलेमेन्ट्रि मन्टेस्वरी स्कुलका विद्यार्थी सामाखुसी बस्ने दाहालको रूखमा टाउको ठोक्किएर हिजो (बुधबार) दिउँसो मृत्यु भएको छ ।

बा.१ क ४६४२ नम्बरको स्कुल बसमा घर फर्कने क्रममा गाडिको सिटबाट टाउको झ्याल बाहिर निकाल्दा रूखमा ठोक्किएर गम्भीर घाइते घएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।