विकट क्षेत्र डाँडापारीमा उम्मेदवारको घर दैलो


काभ्रे । 

मसिंर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घर दैलोमा ब्यस्त हुन थालेका छन् । जिल्लाको विकट क्षेत्र डाँडापारीमा एमालेका उम्मेदवारहरु रेशम लामा, चन्द्र लामा र दिलिप तामाङ घर दैलोमा ब्यस्त छन् ।

सोहि क्रममा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको खानिखोला गाउँपालिका वडा ४ का सभापति अमर मोक्तान लगायत दर्जन भन्दा बढी विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन् ।

नेकपा एमालेले काभ्रेको डाँडापारी क्षेत्रमा घर दैलो कार्यक्रमलाई तिब्र बनाएको छ । एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार रेशम लामा र प्रदेश सभा ख का उम्मेदवार चन्द्र लामाले मंगलबारदेखि खानिखोला गाउँपालिकाको धाप्लेबाट घर दैलो कार्यक्रम सुरु गरेका हुन् ।

रेशम लामा पहिलो पटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका हुन् भने चन्द्र लामा यस अघी यहि क्षेत्रबाट निर्वाचित हुँदै मन्त्री समेत बनेका थिए ।भेटघाटको क्रममा उम्मेदवारले यसअघी एमाले नेतृत्वले गरेका काम र आगामी योजना मतदाता सामु राखेका छन् भने मतदाताले सडक, खानेपानी, वैद्युत, सन्चार लगायतको समस्या समाधानको लागि आग्रह गरेका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेशम लामाले काभ्रेको विकास आफ्नो एक मात्रै स्वार्थ रहेको भन्दै विकासको नेतृत्व गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छ्न ।

काभ्रेको भुगोल सुहाउँदो र आवश्यकतामा आधारित विकास तिब्र गतिमा गर्न एमालेले मत्रै गर्न सक्ने उनको भनाइ छ । यस्तै अर्का उम्मेदवार चन्द्र लामाले आफ्नो कार्यकालमा खानिखोलालाई सधै प्राथमिकतामा राखेको बताए । खानिखोलालाई सडक सन्जालमा जोड्न उनको महत्त्वपूर्ण भुमिका रहेको छ । उनले आफ्नो कार्यकालमा कुनै आग्रह पुर्वाग्रह राखेर पक्षपात नगरेको बताए ।

आफू निर्वाचित भएपछि खोपासी– तालढुङगा बाटो सन्चालन गरेको, पहिलो बर्ष नै अस्पताल निर्माणका लागि बजेट बिनियोजन गरेको, दुइवटा बृहत् खानेपानी आयोजना सुरु भएको, ब्यवसायिक खेतिको लागि अनुदान, पालिकाभित्रका दर्जनौं सडक निर्माणका लागि अर्बौं रकम बिनियोजन गरेको बताउनुभएको छ । आफू निर्वाचित भएपछि सबैभन्दा पहिलो काम खोपासी–तालढुङगा बाटो स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै तालढुङगामा निर्माणाधिन अस्पताल सम्पन्न गर्ने लगायतका जनताको सल्लाहमा काम गर्ने लामाले बताए । वर्तमान सरकार जनताको पक्षमा छैन भन्ने पुष्टि भइसकेकाले एमालेले जिते मात्रै जनताको जित हुने उनको भनाइ थियो ।

मतदाता भेटघाट कार्यक्रममा एमाले बागमती प्रदेश उपाध्यक्ष रामहरि सुबेदी, निर्वाचन परिचालन कमिटी सम्योजक इन्द्र तामाङ, क्षेत्रिय कमिटी सम्योजक, सान्ता न्यौपाने, किसान संघ जिल्ला अध्यक्ष बिदुर हुमागाई, अनेरास्ववियु केन्द्रिय महासचिव समिक बडाल, युवा संघ जिल्ल इन्चार्ज राकेश लामा लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थित रहेको छ ।

खानिखोला, महाभारत गाउँपालिकाका सबै वडामा घर दैलो कार्यक्रम सम्पन्न गरेर एउटा टोली रोशी हुँदै फर्कने छ भने अर्काे टोली बेथान्चोक ५ भुग्देउ हुँदै फर्कनेछ ।यता जिल्लाको सुगम क्षेत्र नगरपालिकाहरुमा दैनिक उम्मेदवारहरुको घरदैलो कार्यक्रम भईरहेको छ ।