आयोगलाई विप्लवको डर

0
Shares

काठमाडौं  ।

निर्वाचन आयोगले आगामी ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा खतरा बन्ने आशंका व्यक्त गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरेको आयोगले हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेपछि विप्लव समूह खतरा बन्ने आशंका व्यक्त गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा खतरा बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिनुभयो । चुनाव बिथोल्न दृष्य अदृष्य शक्तिहरू लाग्न सक्नेतर्फ संकेत गर्दै उहाँले निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगल सुरक्षा संयन्त्रलाई भरपुर उपयोग गर्ने बताउनुभयो ।