एमाले उम्मेदवार ईश्वर पोखरेलले भोलि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै



काठमाडौं । नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका छन् । आज (बुधबार) एमाले निर्वाचन परिचालन कमिटीले सूचनामार्फत पोखरेलले भोलि (बिहीबार) प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जानकारी दिएको छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेल, प्रदेशसभा सदस्य उम्मेदवार (१) का नारायण सिलवाल र (२) का उम्मेदवार दीपक निरौलाको प्रतिबद्धता–पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।

निर्वाचन परिचालन कमिटीले रोयल दरबार बैंक्वेट, महाराजगञ्जमा उक्त कार्यक्रमको आयोजना गरेको सूचनामार्फत बताएको छ । कार्यक्रमका लागि समय बिहान साढे ११ बजे तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्