कोरोना संक्रमितको संख्या बढ्दै, स्वास्थ्य सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

0
Shares

काठमाडौ । कोभिड १९ बाट पछिल्लो चौबीस घण्टामा देशभर ५९ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार २१ जना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार पछिल्लो चौबीस घण्टामा थप ३ हजार ६ सय ४२ नमुना परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या घटे पनि निर्मुल भने भई नसकेको र कोरोना संक्रमणको अवस्था बृद्धि हुँदै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या पाँच सय ५३ रहेको छ ।

नेपालमा चुनावी सरगर्मी बढेसँगै एक ठाउँको मान्छे अर्को ठाउँ जाने र स्वास्थ्य सुरक्षामा ध्यान नदिने प्रबृत्ति बढेका कारण कोरोना संक्रमणदर अझ बृद्धि हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाउँदै स्वास्थ्य सुरक्षा अपनाई माक्स लगाउँने र बारम्बार हात धुने वा स्यानिटाईजर लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ ।