ललितपुरलाई सुन्दर र हराभरा बनाउन मेरो उम्मेदवारी : रामेश्वर श्रेष्ठ



ललितपुर । ललितपुरलाई सुन्दर र हराभरा बनाउन नेकपा .(एमाले)बाट क्षेत्र नंम्बर २ (ख) बाट प्रदेसभा सदस्यमा उम्मेदवारी दिएको रामेश्वर श्रेष्ठले बताएका छन् ।

उनले आफू महालक्ष्मी नगरको मेयर रहेर काम गर्दा त्यसको आधार स्तम्भ निर्माण गरेको बताएका छन् ।

हाम्रो क्षेत्रमा फोहोर विर्सजन गर्ने ठाउँ नहुँदा सिस्डोल पठाउन बाध्य छौं । तर मानव मलमुत्रले हाम्रा खोला नाला फोहोर भएका छन् । हामी त्यो रोक्न सबै घरमा सेफ्टी ट्याकी बनाउनु पर्ने नीति ल्याएका छौं ।

उनले यहाँका सडक स्तरोन्नतीका लागि धेरै काम अघि बढेको बताउँदै जनताको प्रत्यक्ष सम्पर्कमा रहने स्थानीय निकायसँग सहकार्य गरेर विकासका काम अघि बढाउने बताए ।

काभ्रेको रोशी खोलाको पानी ल्याउन सम्भव नभएपछि पछिल्लो समय मेलाम्ची खानेपानी ल्याउन डिपिआर गरिएको थियो । त्यसका लागि बजेट छुट्टिसकेको र टेण्डर हुनै लागेको उनले बताए । उनले भने, प्रदससभा सदस्य जितेपछि मेरो पहिलो दायित्व मेलाम्चीको खानेपानी हरेकको घर घरमा पु¥याउनु हुनेछ । उनले काभ्रेको कोवाटे र सिस्ने खोलाको पानी उपत्यका ल्याउने कोसिस जारी राखेको बताए ।

यस क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या, नयाँ शिक्षा प्रणाली, रोजगारी श्रृजना,नयाँ सडक सञ्जल विस्तार र खानेपानी व्यवस्थापनको लागि आफू लागि पर्ने उनले बताए ।

यस ठाउँमा थुप्रै खेती गोग्य जमिन रहेको र यहाँका किसानलाई आत्मनिर्भर बनाउन प्रदेस सरकारमार्फत पहल गर्ने योजना रहेको बताए । उनले भने, ‘जग्गा खण्डिकरण नियन्त्रणा गर्न प्रयास गरिनेछ ।’

ललितपुर क्षेत्र २ खको भूगोल, महलक्ष्मी नगरको सबै वडा र ललितपुर महानगरको वडा रहेको छ । पूर्वमा महालक्ष्मी नगर क्षेत्र, पश्चिममा क्षेत्र नंम्बर ३ को १० नम्बर वडा र दक्षिणमा ललितपुर महानगरको ५ र १३ नम्बर वडा उत्तरमा शंखमुल, वागमती नदी र काठमाडौंको मनहरा फाँट रहेको छ ।

१२ हजार घर ६५ हजार जनसंख्या ३९ हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्