निर्वाचन आयोगद्वारा प्रधमनमन्त्री देउवालाई डडेल्धुरा जान रोक

0
Shares

काठमाडौं ।

निर्वाचन आयोगले सरकारी खर्चमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी अभियान अन्तर्गत डडेल्धुरा जान रोक लगाएको छ । बुधबार आयोगले प्रधानमन्त्री देउवालाई यात्रा स्थगित गर्न भनेको छ ।

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।

प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा गरेको भन्दै यो आचारसंहित विपरित भएकोले अनुमति दिन नसकिने आयोगको भनाइ छ । सरकारी सवारी साधनबाटै जान खोजेपछि प्रधानमन्त्रीको यात्रामा रोक लगाएको स्रातले बताएकाे छ  ।